 
                    काठमाडौँ / त्रिभुवन विश्वविद्यालयले चार वर्षे स्नातक तहको दोस्रो वर्षका आंशिक तथा मौका परीक्षाहरू स्थगित गरेको छ ।
एक सूचना जारी गर्दै विश्वविद्यालयले देशैभरका परीक्षा केन्द्रमा २४, २५ र २६ भदौमा सञ्चालन हुने स्नातक दोस्रो वर्षको परीक्षा स्थगित गरिएको जनाएको छ ।
सोमबार राजधानीसहित देशका विभिन्न ठाउँमा जेन-जीले गरेको आन्दोलनका कारण देशैभर तनावपूर्ण अवस्था सृजना भएपछि त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
स्थगित गरिएका परीक्षाहरू २, ४ र ५ असोजमा तोकिएकै परीक्षा केन्द्र र समयमा सञ्चालन हुने भएको छ । बाँकी दिनका परीक्षाहरू भने यथावत् सञ्चालन हुनेछन् ।

 
                            खुसी
 
                            दुःखी
 
                            अचम्मित
 
                            उत्साहित
 
                            आक्रोशित