काठमाडौँ / गृहमन्त्री रमेश लेखकले सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएका छन् । गृहमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिएका हुन् ।
लेखक २०८१ साल असार ३१ मा गृहमन्त्री बनेका थिए ।
करको रकम दुरुपयोग र भ्रष्टाचारविरुद्धमा सोमबार भएको जेनजी आन्दोलन हिंसात्मक बनेको थियो। उक्त आन्दोलनमा हालसम्म १९ जनाले ज्यान गुमाइसकेका छन्।
घटनापछि बसेको नेपाली कांग्रेसको शीर्ष नेताहरूको बैठकमै नैतिकताको आधारमा लेखकको राजीनामा मागिएको थियो।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित