रास्वपाले गर्‍यो अर्ली चुनावको माग

रास्वपाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै घटनाको छानविन गर्न उच्चस्तरीय न्यायिक छानविन आयोग गठन गर्न पनि माग गरेको छ।

काठमाडौँ / काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अर्ली चुनावको माग गरेको छ। वर्तमान सरकार बर्खास्त गरी ताजा जनादेशमा जानुपर्ने रास्वपाको माग छ।

जेनजीको प्रदर्शनमा प्रहरीले दमन गरेपछि त्यसबारे निर्णय लिन बसेको रास्वपाको सचिवालय बैठकले वर्तमान सरकारको औचित्य पूर्णत: समाप्त भएको निष्कर्ष निकालेको छ।

रास्वपाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै घटनाको छानविन गर्न उच्चस्तरीय न्यायिक छानविन आयोग गठन गर्न पनि माग गरेको छ।

कांग्रेस र एमालेको वर्तमान सरकार राष्ट्रिय मुद्दाको हल निकाल्न असमर्थ भई वैधता गुमाएको निष्कर्षसहित ताजा जनादेश जानुपर्ने माग रास्वपाले गरेको छ।

‘देशमा व्याप्त भ्रष्टाचार, कानूनी शासनको अवहेलना, क्रुर राजनीतिक अभ्यास र सामाजिक सञ्जाल बन्द गरेर अभिव्यक्ति स्वतन्त्रता खोसिएको विरुद्धमा नेपालको पछिल्लो पुस्ता जेनजीद्वारा आयोजित आजको प्रदर्शनमा सरकारले गरेको बर्बर दमनको राष्ट्रिय स्वतन्त्र पार्टी भर्त्सना गर्दछ,’ विज्ञप्तिमा भनिएको छ, ‘निहत्था नवयुवाहरूले गरेको शान्तिपूर्ण लोकतान्त्रिक आन्दोलनको पहिलो प्रहरमै सरकारले गरेको आमहत्याको हामी घोर निन्दा गर्दै चेतावनी दिन्छौँ: आफ्नै सन्तानको रगतमा लत्पतिएर कुशासन लम्ब्याउने कुचेष्टा अब जनताले सहने छैनन् र यो आततायी शासनको जनप्रतिवाद हुनेछ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments