ललितपुरमा पनि निशेधाज्ञा जारी

सोमबार प्रमुख जिल्ला अधिकारीले आदेश जारी गर्दै अर्को सूचना जारी नभएसम्म सभा, जुलुस, भेला, धर्ना जस्ता कार्यहरु गर्न निषेध गरिएको हो ।

काठमाडौँ । ललितपुरमा सर्वसाधारण तथा सवारी साधन आवतजावत बाहेक कुनै पनि किसिमको सभा, जुलुस, भेला, धर्ना जस्ता कार्यहरु गर्न निषेध गरिएको छ ।

सोमबार प्रमुख जिल्ला अधिकारीले आदेश जारी गर्दै अर्को सूचना जारी नभएसम्म सभा, जुलुस, भेला, धर्ना जस्ता कार्यहरु गर्न निषेध गरिएको हो ।

जेनजी पुस्ताका युवाहरुको प्रदर्शन हिंसात्मक बनेपछि प्रशासनले यस्तो कमद चालेको हो ।

यी हुन् निषेधित क्षेत्र

क) पुल्चोकस्थित यु एन हाउस र न्यायाधीश निवासको २०० मिटर क्षेत्रः

पूर्वतर्फ इनारमोड जाने मूलबाटो,
पश्चिम राष्ट्रिय कितावखाना (निजामती), उत्तरतर्फ आन्तरिक राजस्व कार्यालय,
दक्षिणतर्फ राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय सहकारी बिकास बोर्डको चौहद्दीभित्र ।

ख) भैंसेपाटी स्थित नयाँ मन्त्री निवास क्षेत्रः

पूर्वमा भैसेपाटीबाट बुंगमती जाने सडक, पश्चिमतर्फ सिजी हाउजिङ्ग,
उत्तर भैसेपाटी आवास गेट,
दक्षिणतर्फ इटनी जाने ओह्रालो सीमा कायम गरी सो भित्र ।

ग) सानेपा स्थित नेपाली काँग्रेस पार्टीको केन्द्रिय कार्यालय क्षेत्रः पूर्वमा सानेपा चोकबाट ईन्द्रायणी मन्दिर पक्की सडक

Lahachhap
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments