काठमाडौं । जेनजीले गरेको आन्दोलनका क्रममा सुरक्षाकर्मीले अत्यधिक बल प्रयोग गर्दा काठमाडौंको आन्दोलनमा १७ जनाको मृत्यु भएको छ ।
बानेश्वर चोकमा प्रहरीको गोली लागेर घाइते भएकाहरुलाई उपचारका लागि विभिन्न अस्पतालमा पुर्याइएको थियो । केहीको घटनास्थलमै र केहीको उपचारकै क्रममा मृत्यु भएको अस्पतालले जनाएका छन् ।
बानेश्वरको सिभिल अस्पतालमा सय जना घाइतेको उपचार भइरहेको छ । सो अस्पतालमा तीन जनाको मृत्यु भएको थियो । सोही अस्पतालबाट १५ जनालाई वीर र ट्रमामा पठाइएको थियो । वीर अस्पतालमा ६ जना गम्भीर घाइते रहेका छन् । ट्रमा सेन्टरमा ४९ जना घाइतेको उपचार भइरहेको छ । सो अस्पतालमा ८ जनाको मृत्यु भइसकेको छ । सो अस्पतालमा विपद् योजना लागु गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
बानेश्वरको एभरेष्ट अस्पतालमा ३४ जना घाइतेको उपचार भइरहेको छ । सो अस्पतालमा तीन जनाको मृत्यु भएको थियो । त्यसैगरी त्यहाँ सात जना ट्रमाका बिरामी रहेका छन् । त्यसैगरी पाटन अस्पतालमा चारजना घाइतेको उपचार भइरहेको छ ।
काठमाडौं मेडिकल कलेजमा ३२ जना घाइतेको उपचार भइरहेको छ । त्यस अस्पतालमा पुगेका दुई जनाको उपचारकै क्रममा मृत्यु भएको छ भने ६ जनाको शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यसैगरी टिचिङ शिक्षण अस्पतालमा १८ जना घाइते भएका छन् । त्यहाँ पनि एक जनाको मृत्यु भएको छ । नर्भिक अस्पतालमा तीन जना घाइतेको उपचार भइरहेको छ ।
योसहित भर्खरै इटहरीमा गोलि लागेर दुइ प्रदर्शनकारीको मृत्यु भएको छ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित