इटहरीमा गोलि लागेर दुइ प्रदर्शनकारीको मृत्यु

कर्फ्यू आदेश हुँदा पनि आन्दोलनकारी नहटेपछि गोली चलाइएको सुनसरीका प्रमुख जिल्ला अधिकारी धमेन्द्रकुमार मिश्रले बताए ।

सुनसरी / सुनसरीको इटहरीमा भएको प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर २ जनाको मृत्यु भएको छ । मृतकको अहिलेसम्म पहिचान खुलेको छैन । उनीहरू २५ र ३० वर्षका युवा रहेको प्रहरीले बताएको छ ।

घाइते भएपछि उनीहरूलाई धरान लगिएको थियो । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्‍याउन साथ चिकित्सकले मृत घोषणा गरेका हुन् । गोली लागेर घाइते भएकामध्ये १ जनाको उपचार भइरहेको छ ।

इटहरी उप महानगरपालिकाको कार्यालयभित्र आगजनी र तोडफोड भएपछि प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको थियो । अश्रुग्यास प्रहार गर्दा पनि प्रदर्शनमा उत्रिएकाहरू पछाडि नहटेपछि गोली चलाउनु परेको प्रहरीको दाबी छ ।

कर्फ्यू आदेश हुँदा पनि आन्दोलनकारी नहटेपछि गोली चलाइएको सुनसरीका प्रमुख जिल्ला अधिकारी धमेन्द्रकुमार मिश्रले बताए । उनले मृत्युको भने पुष्टि गरेका छैनन् । उनले केही घाइते भएको जानकारी आएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments