काठमाडौं । आज काठमाडौंमा भएको जेनजी आन्दोलनका क्रममा तीन जना प्रदर्शनकारीको मृत्यू भएको छ । प्रहरीले आन्दोलन नियन्त्रण गर्न गोली चलाउँदा उनीहरुले ज्यान गुमाएका हुन् ।
मृत्यू हुनेहरुको पहिचान खुलेको छैन । सिभिल अस्पतालमा उपचारका क्रममा दुई घाइतेको मृत्यू भएको प्रहरी स्रोतले पुष्टि गर्यो ।
अर्का एक प्रदर्शनकारी संसद भवनको गेटमै गोली लागेर ढले । उनको ‘अन द स्पट डेथ’ भएको छ ।
यसैगरि, ट्रमा सेन्टरमा पनि थप एक आन्दोलनकारीको मृत्यू भएको प्रहरी स्रोतले बताएको छ। तर यसको अधिकारिक पुष्टि हुन बाँकि छ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित