जुलुसमा सहभागी युवाले बबरमहलस्थित नेपाल टेलिकम अगाडीको पोलमा रहेको प्रधानमन्त्री केपी ओलीको तस्विरसमेत च्यातेका छन्।
काठमाडौँ । जेनजी पुस्ताले सोमबार सरकारको बेथिति, भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धको विरोधमा प्रदर्शन गरेको छ। माइतीघर मण्डलामा युवाहरू बिहान ९ बजेदेखि नै भेला भएका थिए।
अहिले त्यहाँ युवाहरूको भिड बढिरहेको छ । युवाहरू कलेज ड्रेस लगाएर प्लेकार्डसहित सहभागी भइरहेका छन् । बिहान ११ बजेदेखि मण्डलामा हुने भनिएको प्रदर्शनलाई स्थानीय प्रशासनले अनुमति दिएको छ ।
उपस्थिति बाक्लो हुदै गएपछि बेथिति बिरुद्दको जुलुस मण्डलाबाट बानेश्वर चोकतर्फ अगाडी बढिरहेको छ। जुलुसमा सहभागी युवाले बबरमहलस्थित नेपाल टेलिकम अगाडीको पोलमा रहेको प्रधानमन्त्री केपी ओलीको तस्विरसमेत च्यातेका छन्।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित