आजबाट गोदावरीमा तीन दिनसम्म एमालेको विधान महाधिवेशन

काठमाडौं / नेकपा एमालेको दोस्रो विधान महाधिवेशन आजबाट सुरु हुँदैछ । २२ गतेसम्म चल्ने विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा आयोजना गरिएको छ ।

महाधिवेशनमा देशभरिका प्रतिनिधि र आयोजक गरी कुल दुई हजार ३ सयभन्दा धेरै सहभागी हुने नेकपा एमालेले जनाएको छ ।

प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीले विधान महाधिवेशन उदघाटन गर्नेछन् ।

उदघाटन सत्रपछि पार्टी अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, पार्टी उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधनसम्बन्धी प्रस्ताव र महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

स्थायी कमिटी सदस्य कर्ण थापाको फरक मत पनि प्रस्तुत हुने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । नेता थापाले विहीबार नै पार्टी कार्यालयमा फरक मत दर्ता गराएका थिए ।

महाधिवेशनमा अनुशासन, लेखा र निर्वाचन आयोग तथा सल्लाहकार परिषदका प्रतिवेदन पनि प्रस्तुत हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments