निजी क्षेत्रलाई लगानीमैत्री बनाउन नीतिगत सुधार : ऊर्जामन्त्री खड्का

निजी क्षेत्रलाई सधैँ साथमा लिएर हिँड्नुपर्छ भन्ने बुझेको पार्टी कांग्रेस हो, यसका लागि थुप्रै नीतिगत सुधार भएका छन्, निजी क्षेत्र इमान्दारीका साथ राजस्व तिर्न तयार हुनुपर्छ, उहाँले भन्नुभयो ।

काठमाडौँ / ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले निजी क्षेत्रलाई लगानीमैत्री बनाउन नीतिगत सुधार गरिएको बताउनुभएको छ ।

नेपाली कांग्रेसको आपूर्ति तथा उपभोक्ता विभागले आज झापाको विर्तामोडमा आयोजना गरेको ‘दैनिक उपभोग्य वस्तुको सुनिश्चितता–उपभोक्ता अधिकार हाम्रो चासो’ विषयक अन्तरसंवादमा उहाँले निजी क्षेत्रलाई साथमा लिएर मुलुकको विकास गर्न नीतिगत सुधार गरिएको बताउनुभएको हो ।

“निजी क्षेत्रलाई सधैँ साथमा लिएर हिँड्नुपर्छ भन्ने बुझेको पार्टी कांग्रेस हो, यसका लागि थुप्रै नीतिगत सुधार भएका छन्, निजी क्षेत्र इमान्दारीका साथ राजस्व तिर्न तयार हुनुपर्छ”, उहाँले भन्नुभयो ।

ऊर्जामन्त्री खड्काले मुलुकको आर्थिक विकास गर्न र थलिएको अर्थतन्त्रलाई उकास्नका लागि संसद्का दुई ठूला दल मिलेर वर्तमान सरकार बनेको बताउनुभयो । “मुलुकलाई सङ्कट परेका बेलामा दुई ठूला दल मिलेर समाधान भएको इतिहास छ, मुलुकको आर्थिक विकासका लागि वर्तमान सरकार निर्माण भएको हो”, उहाँले भन्नुभयो ।

उहाँले विद्युत् उत्पादन बढेको र उत्पादनको भार थाम्न नसकेर ट्रान्सफर्मरको संरचना पुनःनिर्माण गर्दा केही समय बत्ती जाने गरेको बताउनुभयो । विद्युत्भार कटौती भने अब नहुने उहाँको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments