कार्यालय समय घर्कँदासमेत नेपालमा सामाजिक सञ्जालहरु दर्ताका लागि आएनन्

दर्तामात्रै नभई सम्पर्कमा समेत नआएका सामाजिक सञ्जाललाई बन्द गरेरै छाड्ने अडान सरकारको रहेको छ । सामाजिक सञ्जालको रूपमा पहिचान गरिएका सबै बन्द हुने सञ्चार मन्त्रालयको भनाई छ ।

काठमाडौं/ सरकारले दिएको ७ दिनको समय अहिले कार्यालय बन्द हुँदासम्म एउटा पनि सामाजिक सञ्जाल दर्ता हुन नआएको पाइएको छ । फेसबुक सहितको सामाजिक सञ्जाललाई दर्ता हुन सरकारले भदौ १२ गते ७ दिनको समय दिएकामा बुधबार साँझ ४ बजेसम्म कुनै सञ्जाल दर्ता नभएका हुन् ।

दर्तामात्रै नभई सम्पर्कमा समेत नआएका सामाजिक सञ्जाललाई बन्द गरेरै छाड्ने अडान सरकारको रहेको छ । सामाजिक सञ्जालको रूपमा पहिचान गरिएका सबै बन्द हुने सञ्चार मन्त्रालयको भनाई छ ।

तर, सञ्चार मन्त्रालय अझै ७ घण्टा अर्थात् बुधबार मध्यराती १२ बजेसम्म कुर्नेवाला बुझिन्छ । मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुर भन्छन्, ‘हामीले दिएको समय नै १२ बजेसम्म हो । पाँच बजे कार्यालय बन्द भए पनि १२ बजेसम्म आधिकारिक व्यक्तिले इमेल गरेरै हामी सूचीकरण हुन चाहन्छौँ भने पनि त्यो सक्रिय रहन्छ, क्याबिनेटको निर्णयमै त्यो विषय उल्लेख गरिएको छ,’ ठाकुरले भने, ‘त्यसैले अहिलेसम्म नआउँदैमा अब बन्द भइहाल्यो भन्ने होइन । तर, अब सम्पर्कमै नआउने वा सूचीकरण नै हुन्नौँ भन्नेलाई चाहिँ बन्द गर्ने नै हो ।’

Lahachhap
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments