काठमाडौं/विद्यालय शिक्षा विधेयकमा असन्तुष्टि जनाउँदै निजी विद्यालय सञ्चालकहरू आन्दोलित रहेकै बेला केयूको स्कुल अफ एजुकेसनका डीन प्रा।डा। बालचन्द्र लुइँटेलले व्यक्त गरेका अभिव्यक्तिलाई लिएर प्याब्सन, एनप्याब्सन, हिसान र अपेनले संयुक्त विज्ञप्ति निकालेर केयुसँग सम्झौता भंग गर्न विद्यालयहरूलाई भनेपछि केयुले एक विज्ञप्तिमार्फत आन्दोलकारीहरुलाई प्रष्ट्याउन खोजेको छ ।
केयुका प्रवक्ता डा. उद्धव प्याकुरेलले सो विज्ञप्तिमा भनेका छन्–प्रथमतः सार्वजनिक संञ्चारका माध्यम मार्फत आएका प्रा।डा। लुइटेलका अभिव्यक्तिहरु काठमाण्डौं विश्वविद्यालयको आधिकारिक धारणा नभई नितान्त रूपमा उहाँका निजी विचार हुन । कुनै व्यक्तिद्वारा भिन्न परिवेश र परिस्थितिमा आएका अभिव्यक्तिलाई कुनै संस्थासंग जोडेर हेर्ने परिस्थिति बन्न हुदैन भन्ने विश्वविद्यालयको धारणा रहेको छ ।
हेर्नुहोस् केयुको विज्ञप्तिः
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित