यो सहकार्य रूसको आर्कटिक क्षेत्र मात्र नभई अमेरिकाको अलास्कासम्म फैलिन सक्ने उहाँले जनाउनुभयो ।
रूस र संयुक्त राज्य अमेरिका बीच तरल प्राकृतिक ग्यास (एलएनजी) परियोजनामा सम्भावित सहकार्यबारे छलफल भइरहेको राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार बताउनुभएको छ । यो सहकार्य रूसको आर्कटिक क्षेत्र मात्र नभई अमेरिकाको अलास्कासम्म फैलिन सक्ने उहाँले जनाउनुभयो ।
निज्नी नोभगोरोड क्षेत्रको सारोभ सहरमा आणविक क्षेत्रका प्राविधिक तथा वैज्ञानिकहरूसँगको भेटमा बोल्दै पुटिनले ‘नोभाटेक’ जस्ता प्रमुख एलएनजी उत्पादक कम्पनीहरू लगायत थुप्रै रूसी कम्पनीहरूले युरोप र एसियाका साझेदारहरूसँग पहिल्यै सहकार्य गरिरहेका बताउनुभयो ।
“हामी अमेरिकी साझेदारहरूसँग पनि यस क्षेत्रमा सहकार्यको सम्भावनामा छलफल गर्दैछौं, जुन केवल हाम्रो आर्कटिक क्षेत्रमै सीमित छैन, अलास्कामा पनि हुन सक्छ,” पुटिनले टास समाचार एजेन्सीलाई उद्धृत गर्दै भन्नुभयो ।
पुटिनका अनुसार, रूससँग रहेको विशेष तरल प्राकृतिक ग्यास प्रविधिले अमेरिकी साझेदारहरूको समेत ध्यान खिचेको छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित