सङ्खुवासभाको मघाङ केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्यूडको भूकम्प

काठमाडौँ/पूर्वी नेपालको सङ्खुवासभा जिल्लामा भूकम्पको धक्का महसुस भएको छ ।

शुक्रबार राति ११ः१५ मा सो जिल्लाको मघाङ केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्यूडको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार पूर्वी नेपालका केही जिल्लामा भूकम्पको धक्का महसुस गरिएको थियो ।

भूकम्पबाट कुनै मानवीय तथा भौतिक क्षति भए नभएको बारेमा कुनै विवरण भने प्राप्त हुन सकेको छैन ।

विसं २०७२ बैशाख १२ गतेको विनाशकारी गोरखा भूकम्पपश्चात् नेपालमा कम म्याग्निच्यूडका भूकम्पजानेक्रम रोखिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments