प्रधानमन्त्रीद्वारा ‘नाडा अटो शो’ उद्घाटन

प्रधानमन्त्रीले नयाँ ढङ्गले काम गर्ने युवालाई सरकारले हरतरहले साथ दिने बताउनुभयो । हामीले अग्रगमन र आधुनिकीकरणका लागि नीतिगत व्यवस्था र पूर्वाधार विकास गरेका छौँ । लगानी र काममा कुनै बाधा छैन । अहिले असन्तुष्ट हुनुपर्ने कुनै कारण छैन ।

काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले १७ औँ ‘नाडा अटो शो’ को आज उद्घाटन गर्नुभएको छ ।

त्यस अवसरमा उहाँले वैज्ञानिक खोज, अध्ययनसँगै नयाँ नयाँ विकास, आविष्कार र प्रगति भएको बताउँदै देशले पनि त्यस प्रकारको विकासको सहज उपभोग गर्ने स्थिति बनाउनुपर्नेमा जोड दिनुभयो ।

प्रधानमन्त्रीले नयाँ ढङ्गले काम गर्ने युवालाई सरकारले हरतरहले साथ दिने बताउनुभयो । “हामीले अग्रगमन र आधुनिकीकरणका लागि नीतिगत व्यवस्था र पूर्वाधार विकास गरेका छौँ । लगानी र काममा कुनै बाधा छैन । अहिले असन्तुष्ट हुनुपर्ने कुनै कारण छैन । ” उहाँले भन्नुभयो, “उत्तर र दक्षिणतिर नयाँ र पक्की मार्ग बन्दैछन्, अन्तरराष्ट्रिय विमानस्थल थपेका छौँ । हरित ऊर्जा, मिथेन ग्यास, धौवादीबाट फलाम उत्पादन गरेर प्रयोग गर्दैछौँ । प्रविधिको रुपान्तरण भैसकेको छ । यी सबैको ध्येय विकास र समृद्धि हो । यसमा तपाईंहरु ढुक्कले अगाडि बढ्नुस् । देशका लागि योगदान गर्नुहोस् ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments