अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा रोटरी मातृभूमि बालुवाटारको विशेष छलफल कार्यक्रम

काठमाडौं/अन्तर्राष्ट्रिय युवा दिवस–२०२५ को अवसर पारेर मा रोटरी क्लब अफ मातृभूमि बालुवाटारले ‘परिवर्तनको नेतृत्व गरौँः उज्ज्वल भविष्यको लागि युवा(लिड द चेन्जः युथ फर अ बेटर टुमरो)’ प्रकरणमा विशेष प्यानल छलफल तथा अन्तरक्रिया आयोजना गरेको छ ।

क्लबका अध्यक्ष रोटरियन निर्मल ढकालको अध्यक्षतको सो कार्यक्रममा रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानका डिस्ट्रिक्ट गभर्नर (इलेक्ट) रोटेरियन विष्णु बहादुर कार्की प्रमुख अतिथिका रूपमा र असिस्टेन्ट गभर्नर रोटरियन महेन्द्रराज भुसाल कार्यक्रमको विशेष अतिथि हुनुहुन्थ्यो ।

कार्यक्रममा क्लबका चार्टर प्रेसिडेन्ट रोटरियन निगम हुमागाईंले स्वागत मन्तव्य राख्दै भने, ‘युवाशक्ति भविष्यको मात्र हैन, आजकै परिवर्तनको मुख्य उर्जा हो । क्षमता, चरित्र र सेवा भाव एकसाथ जोड्न सके युवाले देश बदल्न सक्ने धेरै दृष्टान्तहरु हाम्रा सामु रहेका छन् । विश्वव्यापी रुपमा सिक अनि स्थानीय रुपमा सेवा गर(लर्न ग्लोबल्ली, सर्भ लोकल्ली) नै आजको मुल सन्देश रहेको छ । युवामैत्री अवसर, सकारात्मक नेतृत्व र समाधानमुखी संवादको संस्कार निर्माणमा रोटरी समुदाय प्रतिवद्ध रहेको छ’, उनले थपे ।

Lahachhap

सो अवसरमा क्लबका पूर्व अध्यक्ष रोटरियन विष्णुहरि दाहालले विज्ञ छलफलको संयोजक र सहजीकरणकर्ता (मोडरेटर)को भूमिकामा ‘परिवर्तनको नेतृत्व गरौँः उज्ज्वल भविष्यको लागि युवा’ प्रकरणमा बहस चलाउनु भयो । सो बहसमा कार्यक्रममा अग्रज पत्रकार एवं कान्तिपुर मिडियाका स्टेसन मेनेजर पवन आचार्य र नेविसंघकी केन्द्रिय सदस्य एवं राष्ट्रिय युवा परिषद् सदस्य एलिजा ढकाल प्रमुख बक्ताका रुपमा थिए ।

बहसकै क्रममा अग्रज पत्रकार आचार्यले मिडिया र युवा सशक्तीकरणबीचको सम्बन्धबारे गहन धारणा राख्दै युवाको कथा हेडलाइन मात्र नभएर रोडम्याप पनि भएको जिकिर गरे । उनले थपे, ‘मिडियाले ‘के बिग्रिएको छ?’ सँगै ‘के बिग्रन नदिन सकिन्छ?’ भन्ने मार्ग देखाउनुपर्छ ।’

खेल पत्रकारितासँगको लामो अनुभव संगालेको उल्लेख गर्दै आचार्यले थपे, ‘खेलकुदले अनुशासन, टीमवर्क र नेतृत्व सिकाउँछ, यी तीनै गुण उद्यमी युवाका आधार स्तम्भ हुन् ।’

Lahachhap

यस्तै, ढकालले युवाको नीतिनिर्माणमा सहभागिता, सीप विकास र मातृभूमिप्रतिको प्रतिवद्धताबारेमा भनिन्, ‘युवा भोलिका मात्र होइनन्, आजका नीति–निर्णायक पनि हुन् । विश्वस्तरका सीप सिकौं, फेरि फर्केर मातृभूमिमा लगानी गरौं । निरासालाई बहाना होइन, कार्ययोजना बनाऔं’, सोसल मिडियामा फैलिएको निरासाबारमो प्रतिक्रिया दिँदै उनले भनिन् ।

प्यानेल छलफलका क्रममा युवाहरुले युवामा निराशाको कारण, सोसल मिडियाको प्रभाव, देशभित्र अवसर पाउनमा कठिनाई, नीतिगत सुधारको आवश्यकता, मिडियाको भूमिका, खेलकुदले नेतृत्व बनाउने तरिकालगायतमा जिज्ञासा राखेका थिए । दुबै वक्ताले स्पष्ट, तर्कसङ्गत र प्रेरणादायी जवाफ दिँदै युवा सहभागीहरूलाई निरासाको अन्धकारबाट आशाको उज्यालोतर्फ लाग्न उत्प्रेरणा दिएका थिए ।

Lahachhap

कार्यक्रममा प्रमुख अतिथि एवं रोटरी डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानका डिस्ट्रिक्ट गभर्नर (इलेक्ट) रोटेरियन विष्णु बहादुर कार्कीले रोटरी क्लबले समसामयिक र युवाको मन जित्ने खालले आयोजना गरिएको संवाद अत्यन्तै फलदायी रहेको धारणा राखे । उनले भने, ‘यो केवल कार्यक्रम हैन, युवाद्वारा सकारात्मक परिवर्तनतर्फको सामूहिक सुरुवात हो ।’ उनले विज्ञ छलफलको संयोजक र सहजीकरणकर्ता (मोडरेटर) रहेका रोटरियन विष्णुहरि दाहालको सम्बोधनदक्षता र सन्तुलित सञ्चालनको प्रशंसा गरे ।

क्लबका अध्यक्ष रोटरियन निर्मल ढकालले धन्यवाद ज्ञापन गर्दै युवा कुनै प्रतीक्षारत शक्ति नभएर आजकै ‘ड्राइभिङ फोर्स’ भएका चर्चा गरे । उनले थपे, ‘हामी उनीहरूसँगै मिलेर नेतृत्व गर्नेछौं, आज हामीले सुनेका विचारहरू शब्द मात्र होइनन्, यो एक ‘कल टु एक्सन’ हो । हामी युवाहरूलाई केवल समर्थन गर्नेमात्रै नभई उनीहरूसँगै कदम चाल मिलाउने हो । भोलि राम्रो बनाउने सपना आजैबाट सुरु हुन्छ, र त्यो सुरुवात हामी सबैले यहींबाट गर्नुपर्छ’, ढकालले हौस्याए ।

सहभागी युवाहरुको तर्फबाट इन्टर्‍याक्ट क्लब अफ मातृभूमिकी अध्यक्ष मार्मेन डाल्मा लामाले आयोजक रोटरी क्लब परिवारलाई धन्यवाद दिँदै कार्यक्रमले भविष्यका नेताका लागि आन्तरिक विकास(इनर डेभेलपमेन्ट)मा समेत प्रेरणा मिलेकोे बताइन् ।

Lahachhap

रोटेरियन सुबास शर्मा सापकोटाले अत्यन्तै रोचक शैलीमा सञ्चालन गरेको समग्र कार्यक्रम होटेल स्मार्ट धुमबाराहीमा शुक्रबार अपराह्न २ घण्टासम्म सञ्चालन भएको थियो । कार्यक्रममा इन्टर्‍याक्ट क्लब अफ मातृभूमि र रोटर्‍याक्ट क्लब अफ मातृभूमिका ७० भन्दा बढी युवाहरुका साथै रोटरियन तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति थियो । कार्यक्रमपछिको फेलोसिप र हाईटीमा युवाहरु झुम्मिएका थिए ।

Lahachhap
Lahachhap
Lahachhap
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments