‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत

यसअघिको बैठकमा गणपुरक सङ्ख्याको अभावमा निर्णयार्थ प्रस्तुत हुन बाँकी उक्त प्रस्ताव आज स्वीकृत गरिएको सभामुख देवराज घिमिरेले बताउनुभयो ।

काठमाडौँ / प्रतिनिधि सभाको आजको बैठकले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।

यसअघिको बैठकमा गणपुरक सङ्ख्याको अभावमा निर्णयार्थ प्रस्तुत हुन बाँकी उक्त प्रस्ताव आज स्वीकृत गरिएको सभामुख देवराज घिमिरेले बताउनुभयो । आजको कार्यसूचीमा रहेको पानी जहाजसम्बन्धी विधेयकको कार्यक्रम हटाइएको उहाँले जानकारी गराउनुभयो । ।

यसअघि विशेष समयमा बोल्दै नेपाली काँग्रेसकी सांसद सीता मिजारले प्राकृतिक प्रकोपको जोखिममा दलित तथा विपन्न वर्ग पर्ने गरेको बताउनुभयो । उहाँले दलित र उत्पीडित वर्गका धेरै नागरिकले संविधानले प्रत्याभूत गरेको मौलिक हकको उपयोग गर्न नपाएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “एकाध बाहेकले चरम गरिबी र अभाव भोगिरहेका छन् । भूमिहीन दलितले आजसम्म पनि एक टुक्रा जमिन पाएका छैनन् । दलित र भूमिहीनहरुलाई जमिनको व्यवस्था सरकारले गरोस् ।” उहाँले सरकारी स्वामित्वमा रहेका नेपाल औषधि लिमिटेड र सिंहदरबार वैद्यखानाको संरचनागत र जनशक्तिको पाटोमा सबलीकरण गर्नुपर्ने बताउनुभयो ।

प्रतिनिधि सभाको अर्को बैठक भदौ ४ गते दिनको १ बजे बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments