द्रोण–दुर्गा स्मृति रोटरी प्राबिधिक (पशु प्रजनन) सम्मानबाट उत्कृष्ट कृत्रिम गर्भाधानकर्ताहरु पुरस्कृत

काभ्रेपलाञ्चोक/सेवा निवृत्त पशु चिकित्सक एवं रोटरी क्लब अफ पनौतीका अध्यक्ष मणिप्रसाद सापकोटाले आफ्ना माता–पिताको स्मरणमा स्थापना गरेका द्रोण–दुर्गा स्मृति रोटरी प्राबिधिक (पशु प्रजनन) सम्मानबाट दुई जना कृत्रिम गर्भाधानकर्ता (पशु स्वास्थ्य प्राविधिक) हरु पुरस्कृत भएका छन् ।

पहिलो पटक काभ्रेपलाञ्चोक जिल्लाभरमा उत्कृष्ट कृत्रिम गर्भाधानकर्ता पशु चिकित्सक वा प्राविधिकमध्येबाट एक जना र पनौती नगरपालिकाभरमा उत्कृष्ट कृत्रिम गर्भाधानकर्ता पशु चिकित्सक वा प्राविधिकमध्येबाट एक जनालाई सम्मानसहित पुरस्कृत गरिएको हो ।

रोटरी क्लबको १० औं पदस्थापना कार्यक्रममा कृत्रिम गर्भाधानकर्ताद्वय गोविन्द तिमल्सिना र सुबदेव दाहाललाई सम्मान सहित नगद पुरस्कार प्रदान गरिएको हो ।

Lahachhap

पशु सेवा कार्यालयमा उपलब्ध अभिलेख अनुसार २ हजार ५० गाई र २७० भैंसीमा कृत्रिम गर्भाधानबाट गुणस्तरिय पशु प्रजनन सेवा प्रदान गरी तिमल्सिना जिल्ला प्रथम भएका हुन् ।

यसै गरी, पनौती नगरपालिका भित्र ९५० गाई र ३९० भैंसीमा कृत्रिम गर्भाधान सेवाबाट गुणस्तरिय पशु प्रजनन सेवा दिए बापत दाहाल पनौती नगरमा प्रथम भएका हुन् ।

पुरस्कृत दुबै कृत्रिम गर्भाधानकर्तालाई रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ का पूर्व डिष्ट्रिक्ट गभर्नर दिलेन्द्रराज श्रेष्ठ, पनौती नगर प्रमुख रामाशरण भण्डारी र पुरस्कार स्थापनाकर्ता मणिप्रसाद सापकोटाले नगदसहित सम्मानपत्र र दोसल्ला प्रदान गरेका हुन् ।

सो सम्मानले कृत्रिम गर्भाधान कार्यमा संलग्न पशु चिकित्सक वा प्राविधिकहरुलाई हौसला मिल्ने सापकोटाको भनाई छ, ‘हाल जिल्लामा भईरहेको ३८ हजारको संख्याको पशु प्रजनन संख्या बढेर आउने बर्ष ४० हजार पुग्ने र नश्ल सुधार हुने अपेक्षा रहेको छ । यस्तै, नश्ल सुधार हुँदा जिल्लामा हाल दैनिक उत्पादन हुने दूध साढे ४ बाट बढेर ६ लाख लिटर पुग्ने अनुमान गरिएको छ’, उनले थपे ।

सापकोटाका पिता द्रोणप्रसाद सापकोटाले पशुपालनमा पशुको नश्ल सुधारमार्फत उन्नत जातका पशुहरु उत्पादनमा सहयोग पुर्‍याउने उद्देश्यले २०३३ सालमै काठमाडौबाट प्रजननको उन्नत साँढे १ र मुर्रा क्रस राँगो एक ल्याएर तत्कालीन समयमा नाला गाउँ पञ्चायत लगायत छिमेकी गाउँहरुका नश्ल सुधार सेवा पुर्‍याएका थिए । सो कार्यबाट उक्त क्षेत्रमा नश्ल सुधार तथा दुग्ध उत्पादनमा उल्लेख्य बृद्धि भएको थियो । यही तथ्यमा आधारित भएर सापकोटाले कृत्रिम गर्भाधानकर्ताहरुलाई सम्मान गर्ने कार्य थालनी गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments