बागमतीको मुख्यमन्त्रीमा इन्द्र बहादुर बानियाँको दाबी पेस

मकवानपुर/ नेकपा एमालेको समेत सहयोगमा बागमती प्रदेशको मुख्यमन्त्रीका लागि नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले दाबी पेस गरेका छन् ।

आज बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले सरकार गठनका आह्वान गरेपछि नेपाली काँग्रेस संसदीय दलको नेताको रुपमा बानियाँले दावी पेस गरेका हुन् ।

यस अघि मुख्यमन्त्री बहादुर सिंह लामले आफ्नो पदबाट राजीनामा दिएको कारणले नेपालको संविधानको धारा १६८ (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दाबढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभाको सदस्यलाई मुख्यमन्त्री नियुक्त गर्ने प्रयोजनका लागि दावी पेस गर्न आह्वान भएपछि बानियाँले दावी पेस गरेका हुन् ।

भोलि मंगलबार २ बजेपछि प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments