एन्जेल राई नेफिनको सद्भावनादूतमा नियुक्त

काठमाडौँमा आज आयोजित एक कार्यक्रमबीच महासङ्घका प्रतिनिधिहरूको उपस्थितिमा राईलाई सम्मानसहित सद्भावनादूतको घोषणा गरिएको हो ।

काठमाडौँ / नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन) का अध्यक्ष गेल्जेलामा शेर्पाले मिस मङ्गोल–२०२४ की विजेता एन्जेल राईलाई नेफिनको सद्भावनादूतमा नियुक्त गर्नुभएको छ ।

काठमाडौँमा आज आयोजित एक कार्यक्रमबीच महासङ्घका प्रतिनिधिहरूको उपस्थितिमा राईलाई सम्मानसहित सद्भावनादूतको घोषणा गरिएको हो । सद्भावनादूतका रूपमा राईले अब विभिन्न कार्यक्रम, अभियान र अन्तरक्रियामार्फत आदिवासी जनजातिको मुद्दा उजागर गर्ने तथा राष्ट्रिय र अन्तरराष्ट्रियस्तरमा जनचेतना फैलाउन मद्दत पु¥याउने महासङ्घका महासचिव दिवस राईले विश्वास व्यक्त गर्नुभयो ।

नेफिनले आदिवासी जनजातिको पहिचान, अधिकार र संस्कृतिको प्रवद्र्धनका लागि समाजमा सकारात्मक सन्देश दिन सक्ने युवा प्रतिनिधिका रूपमा राईको भूमिकालाई महत्वका साथ हेरेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments