बागमती :

मुख्यमन्त्री बहादुरसिंह लामाले दिए राजीनामा

आफुले इमान्दारितापूर्वक काम गरिरहेको पार्टीभित्रका साथीहरुलाई मन नपरेकाले दलभित्रको प्रपञ्चबाट सरकार छोड्नु परेको बताए ।

हेटौंडा / बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले राजीनामा दिएका छन् । लामाले एकवर्ष ९ दिन सरकारको नेतृत्व गरेर आज पदबाट राजीनामा दिएका हुन् ।

मुख्यमन्त्री लामाले साँझ ६ बजे मुख्यमन्त्री तथा मन्त्रपरिषद् कार्यालय परिसरस्थित प्रदेश सुशासन हलमा पत्रकार सम्मेलन गर्दै आफ्नो कार्यकालमा भएका प्रगति विवरण सुनाएका थिए ।

आफुले इमान्दारितापूर्वक काम गरिरहेको पार्टीभित्रका साथीहरुलाई मन नपरेकाले दलभित्रको प्रपञ्चबाट सरकार छोड्नु परेको बताए ।
उनी बागमती प्रदेशमा नेपाली कांग्रेसको तर्फबाट र तामाङ समुदायको पहिलो मुख्यमन्त्री हुन् ।

लामाले पार्टी सभापति शेरबहादुर देउवाको निर्देशनअनुसार आफूले राजीनामा दिएको पत्रकार सम्मेलनमा बताएका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments