सडक सुरक्षा चुनौती बनिरहेको छः मन्त्री दाहाल

काठमाडौँ/ भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले सडक निर्माण र विस्तारसँगै सडक सुरक्षा चुनौती बनिरहेको बताउनुभएको छ ।

आज ललितपुरमा नेपाल अटोमोबाइल एसोसिएसन नेपाल-नासाले आयोजना गरेको अटोमोबाइल तथा मोबिलिटी पोलिसीसम्बन्धमा आयोजित दुईदिने कार्यक्रमको समापन समारोहमा उहाँले सडक सञ्जाल विस्तारका क्रममा सडक सुरक्षाको विषयलाई अनिवार्य समेटिने गरेको पनि बताउनुभएको उहाँको सचिवालयले जनाएको छ । नेपालको भौगोलिक तथा धरातलीय विशिष्टताका कारण पनि सडक सुरक्षाको विषयमा सम्झौता गर्न नहुने मन्त्री दाहालले बताउनुभयो ।

सडक सुरक्षालाई कानुनी रुपमा स्थापित गर्न सडक सुरक्षा ऐन निर्माण अन्तिम चरणमा पुगेको उहाले जानकारी दिनुभयो ।

कार्यक्रममा मोरङका शेखरचन्द्र राईलाई सडक सुरक्षा अवार्ड प्रदान गरियो । त्यस अवसरमा विभिन्न कार्यपत्रमाथि छलफल भएको आयोजक संस्थाका कार्यकारी निर्देशक गोविन्द भट्टराईले जानकारी दिनुभयो ।

सोही कार्यक्रममा मन्त्री दाहालले नेपालमा विद्युतीय सवारीका बारेमा सुरु हुने अनुसन्धानको शुभारम्भ पनि गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments