सांसद लामाले विकास निर्माणसंगै शिक्षा र जनचेतनाले नागरिकको जीवनस्तर उकास्न मद्दत गर्ने भएकाले अबको बढ्दो सूचना प्रबिधिसंग जोडिएर रचनात्मक काम गर्न आग्रह गर्नुभयो।
काभ्रेपलान्चोक / काभ्रेपलान्चोकको धुलिखेल नगरपालिका-१२, शंखुमा नेपाली कांग्रेसले विकास निर्माणबारे छलफल गरेको छ।
यस आर्थिक वर्षका लागि बागमती प्रदेश सरकारले बिनियोजन गरेको बजेटबाट निर्माण गरिने योजनाका बारेमा वडास्तरीय कार्यकर्ता भेला गरि कांग्रेसको धुलिखेल-१२ वडा इकाईले पार्टी नेतृत्वसंग अन्तरक्रिया गरेको हो।
नेपाली कांग्रेस काभ्रेका सभापति एवं प्रदेश सभा सदस्य तीर्थ लामाको प्रमुख आतिथ्यतामा शनिवार आयोजित कार्यक्रममा प्रदेश सरकार मार्फत छुट्याइएका बजेट र योजनालाइ व्यवस्थित एवं पारदर्शी ढंगले संचालन गर्न नेपाली कांग्रेसले त्यसको अगुवाई गर्नुपर्ने पार्टीपंक्तिले आवाज उठाएको छ।
कार्यक्रममा काभ्रेपलान्चोक र आफ्नो निर्वाचन क्षेत्रलाइ प्राथमिकतामा राखी बजेट बिनियोजन गरेका प्रमुख अतिथि तीर्थ लामालाइ सम्मान गरिएको छ। प्रदेशका पुर्वमन्त्रिसमेत रहेका सांसद लामाकै पहलमा बाटो, पुल, खानेपानी तथा मठमन्दिरलगायतमा परेका योजनाबारे स्थानीय कार्यकर्तालाइ जानकारी दिंदै त्यसको कदरस्वरुप सांसद लामालाई सम्मान गरिएको हो।
शंखुवासीको सद्भाव र सम्मानप्रति आभार व्यक्त गर्दै प्रमुख अतिथि लामाले ‘आफुले राजनीति जिल्लाको विकास र संवृद्धिसंग जोडेर गर्ने भएकाले यो कुनै नौलो र कठिन काम नभएको बताउदै उहाँले सबल र सम्मुनत काभ्रेपलान्चोकको परिकल्पना साकार पार्न आफु सदैव क्रियाशील रहने प्रतिवद्दता व्यक्त गर्नुभयो।
सांसद लामाले विकास निर्माणसंगै शिक्षा र जनचेतनाले नागरिकको जीवनस्तर उकास्न मद्दत गर्ने भएकाले अबको बढ्दो सूचनाप्रबिधिसंग जोडिएर रचनात्मक काम गर्न आग्रह गर्नुभयो।
कार्यक्रममा धुलिखेल नगरपालिकाका उपप्रमुख निराजन जंगम, नेपाल पत्रकार महासंघ काभ्रेका पुर्व अध्यक्ष बद्रिराज तिमल्सिना, पनौती-१० का वडा अध्यक्ष मोहनबहादुर भण्डारी, कांग्रेसका युवानेताहरु नेता माधव थापा, अनुप लामिछाने, इकाई सभापति हिरासिंह वाइवा लगायतले जिल्लाको विकास निर्माणमा सांसद लामाले देखाएको सक्रियताको चर्चा गरेका थिए।
नेपाली कांग्रेस पार्टीका जिल्ला सभापतिको सम्मान र विकास निर्माणका बारेमा आन्तरिक छलफलका लागि आयोजित कार्यक्रममा अन्य पार्टी परित्याग गरि नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।
नेकपा एमालेबाट कमल खरेल र ठुले बिश्वकर्मा एवं समाजसेवी सुरज घिमिरे नेपाली कांग्रेस प्रवेश गर्नु भएको छन्। उहाहरुलाइ प्रमुख अतिथि तीर्थ लामाले कांग्रेसको क्रियाशील सदस्यता प्रदान गर्नु भएको छ। पार्टीको क्रियाशील सदस्यता लिनेमा राधाकृष्ण फैंजु, रोशन खत्री, कृष्ण थापा र निरोज सत्याल रहेका छन्।
सो अवसरमा पार्टीका सहयोगी पनौती-९ निवासी दामोदर केसीसहित धुलिखेल-१२ को संगठन निर्माणमा जीवनभर क्रियाशील अग्रज नेताहरु राजाराम श्रेष्ठ, कृष्णलाल श्रेष्ठ, कान्छीमाया तामाङ, ज्ञानबहादुर तामाङ, सानुकाजी श्रेष्ठलगायतलाइ सम्मान गरिएको छ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित