सो कार्यक्रममा उहाँले पछिल्लो समय सामाजिक सञ्जाल, अनलाइन डेटिङ एप्स, म्यारिज ब्यूरो, विभिन्न प्रकारका भिसा (भिजिट, डिपेन्डेन्ट, सिजनल, एजुकेसन, कल्चरल) र सरोगेसीको नाममा हुने शोषणलाई मानव बेचबिखनका नयाँ प्रवृत्तिको रूपमा रहेको बताउनुभयो ।
चितवन / नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दीपक थापाले मानव बेचबिखन नियन्त्रणका लागि सरोकारवाला निकायबीचको साझेदारी अपरिहार्य रहेको बताउनुभएको छ ।
मानव बेचबिखन तथा यौनजन्य हिंसाविरुद्धको साझा अभियान चितवनले आज भरतपुरमा ‘अन्तरराष्ट्रिय मानव बेचबिखनविरुद्धको दिवस’को सन्दर्भमा एक कार्यक्रम आयोजना गरेको थियो ।
सो कार्यक्रममा उहाँले पछिल्लो समय सामाजिक सञ्जाल, अनलाइन डेटिङ एप्स, म्यारिज ब्यूरो, विभिन्न प्रकारका भिसा (भिजिट, डिपेन्डेन्ट, सिजनल, एजुकेसन, कल्चरल) र सरोगेसीको नाममा हुने शोषणलाई मानव बेचबिखनका नयाँ प्रवृत्तिको रूपमा रहेको बताउनुभयो । उहाँका अनुसार गत आर्थिक वर्षमा मात्रै १५२ वटा मुद्दा दर्ता भई २४१ आरोपी पक्राउ परेका छन् । १८४ जना पीडितको उद्धार गरिएको छभने सो मध्ये ९० महिला र नौ बालिका छन् । उहाँले मानव बेचबिखन तथा यौनजन्य हिंसा पुरुषबाट मात्रै नभइ महिलाबाटसमेत हुने गरेको उल्लेख गर्नुभयो ।
सो अवसरमा भरतपुर महानगरपालिका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले मानव बेचबिखन र लैङ्गिक हिंसा नियन्त्रणका लागि सबै सरोकारवालाबीच साझा प्रयास आवश्यक रहेकामा जोड दिनुभयो । महानगरले सामाजिक क्षेत्र, शिक्षा, स्वास्थ्य, रोजगारी, अनाथालय व्यवस्थापन र हिंसा नियन्त्रणका लागि रु एक अर्ब १५ करोड बजेट विनियोजन गरेको जानकारी दिनुभयो ।
माडी नगरपालिका उपप्रमुख खेमप्रसाद महतोले माडी क्षेत्र मानव बेचबिखन तथा ओसारपसारका लागि प्रमुख गन्तव्य बन्दै गएकामा गम्भीर चिन्ता व्यक्त गर्नुभयो । प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलले चितवन जिल्लामा करिब ४० प्रतिशत बालबालिकाका अभिभावक वैदेशिक रोजगारीमा रहेको जानकारी दिनुभयो । जसले गर्दा पारिवारिक बिखण्डन, निगरानीको अभाव र सामाजिक समस्या निम्तिने उहाँले बताउनुभयो ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित