बागमती प्रदेश सरकारमा नेकपा एमालेले कांग्रेसको संस्थापन पक्षलाई समर्थन गर्ने

उहाँले नेपाली कांग्रेसको व्यक्ति नभएर दलसँग सत्ता साझेदारी गरिएको बताउँदै जो संस्थापन बनेर आउनुहुन्छ, उहाँलाई समर्थन गर्ने जनाउनुभयो ।

हेटौँडा / नेपाल कम्युनिष्ट पार्टी एमालेले बागमती प्रदेश सरकारमा प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका संस्थापन पक्षलाई समर्थन दिने जनाएको छ । नेकपा एमाले बागमती प्रदेशको संसदीय दलको निर्णय सार्वजनिक गर्दै दलका नेता जगन्नाथ थपलियाले सो जानकारी गराउनुभएको हो ।

उहाँले नेपाली कांग्रेसको व्यक्ति नभएर दलसँग सत्ता साझेदारी गरिएको बताउँदै जो संस्थापन बनेर आउनुहुन्छ, उहाँलाई समर्थन गर्ने जनाउनुभयो । उहाँले नेपाली कांग्रेसको आन्तरिक समस्याका कारण सरकारमा समस्या आउन नदिन नेकपा एमाले सजग रहेको बताउनुभयो ।

नेपाली कांग्रेस संसदीय दलको नेताको हैसियत गुमाउनुभएका बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले गर्न लागेको मन्त्रीमण्डल विस्तारलाई नेकपा एमालेले रोक्न लगाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments