जनचाहनाअनुसार विद्युत् विकासको लक्ष्य प्राप्तिमा लागौँ: मन्त्री खड्का

काठमाडौँ / ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जनचाहनाअनुसार विद्युत् विकासको लक्ष्य प्राप्तिमा लाग्नुपर्ने बताउनुभएको छ ।

सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासङ्घ नेपालको २१औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले सबै मिलेर उपलब्ध स्रोतको उपयोग गर्न लाग्नुपर्र्ने बताउनुभएको हो ।

मन्त्री खड्काले विविध चुनौती भए पनि सबै मिलेर विद्युत् क्षेत्रको विकासमार्फत मुलुकको विकासमा जुट्नुपर्नेमा जोड दिनुभयो । उहाँले छिमेकी मुलुक भारत र चीनमा तीव्र विकास भएको भन्दै हामीले विकासलाई पछ्याउँदै काम गर्नुपर्ने बताउनुभयो ।

मन्त्री खड्काले द्वन्द्वको समयमा नेपालका दूरदराजमा विद्युतीकरण गर्न सामुदायिक विद्युत् उपभोक्ता महासङ्घले खेलेको भूमिका सराहनीय रहेको भन्दै समुदायबाट सञ्चालन गर्न नसकिएका सामुदायिक विद्युत् योजनालाई प्राधिकरणलाई जिम्मेवारी लगाउँदै जानुपर्ने धारणा राख्नुभयो।

पूर्वऊर्जामन्त्री दीपक ज्ञवाली, विद्युत् नियमन आयोगका अध्यक्ष डा रामप्रसाद धिताल, ऊर्जा सचिव सुरेश आचार्य, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलगायतले ग्रामीण क्षेत्रमा विद्युतीकरण गर्न सामुदायिक विद्युत् उपभोक्ता महासङ्घले महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभएको थियो ।

महासङ्घका अध्यक्ष नारायण ज्ञवालीले देशभरका तीन सयभन्दा बढी सामुदायिक संस्थाहरूमार्फत महासङ्घले करिब छ लाख घरमा विद्युत्को पहुँच विस्तार गरेको जानकारी दिनुभयो । करिब रु दुई अर्ब समुदायबाट सङ्कलन गरी विद्युत् संरचना निर्माणमा महासङ्घले काम गरेको उहाँको भनाइ थियो ।

कार्यक्रममा सामुदायिक विद्युतीकरणमार्फत विशेष योगदान पु¥याएको भन्दै विभिन्न संस्था र सञ्चारकर्मीलाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments