प्रधानमन्त्री ओलीले काठमाडौँस्थित दशरथ रङ्गशाला सानो भएकाले ठूलो रङ्गशाला निर्माणका लागि आवश्यक पर्ने जग्गालगायत पूर्वाधारको प्रबन्धका लागि परामर्श गर्नूभएको हो ।
काठमाडौँ / प्रधानमन्त्री केपी शर्मा ओलीले भक्तपुरको सूर्यविनायकमा नयाँ रङ्गशाला बनाउने विषयमा आज सूर्यविनायक नगरपालिका, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का नेतृत्वसँग छलफल गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा प्रधानमन्त्री ओलीले काठमाडौँस्थित दशरथ रङ्गशाला सानो भएकाले ठूलो रङ्गशाला निर्माणका लागि आवश्यक पर्ने जग्गालगायत पूर्वाधारको प्रबन्धका लागि परामर्श गर्नूभएको हो ।
त्यस क्रममा सूर्यविनायक नगरप्रमुख वासुदेव थापाले उक्त नगरको वडा नं ८, जगाते (पुरानो इँट्टा टायल कारखाना) मा रहेको २०० रोपनी जग्गा उपलब्ध गराउन सकिने र त्यसको प्रक्रिया छिटो अघि बढाउने अवगत गराउनुभएको थियो । प्रधानमन्त्री ओलीले उक्त स्थलमा कम्तीमा ५० हजार दर्शकले खेल हेर्न मिल्ने खालको सुविधासम्पन्न रङ्गशाला बनाउने घोषणा गर्नुभयो ।
छलफलमा राखेप सदस्यसचिव टङ्कलाल घिसिङ, एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङलगायत सहभागी हुनुहुन्थ्यो ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित