प्रतिनिधिसभा बैठक : ‘केन्द्रमा बन्ने बजेट गाउँमा पुगेन’

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद डा चन्द्रकान्त भण्डारीले राजधानीबाट रु १०० पठाउँदा गाउँमा रु ५० मात्र पुग्ने भएकाले यसलाई रोक्न संसद्ले भूमिका खेल्नुपर्ने बताउनुभयो ।

काठमाडौँ/ केन्द्रमा बन्ने बजेटमा उल्लेख भएकै रकम किन गाउँ गाउँमा पुग्दैन यसको कारण खोजी गरी रोक्नुपर्नेमा सांसदले जोड दिएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसद डा चन्द्रकान्त भण्डारीले राजधानीबाट रु १०० पठाउँदा गाउँमा रु ५० मात्र पुग्ने भएकाले यसलाई रोक्न संसद्ले भूमिका खेल्नुपर्ने बताउनुभयो । धवलागिरीमा स्याउको खेती हुने उल्लेख गर्नुहुँदै उहाँले त्यहाँको जग्गा नापी नभएकाले नापी गर्ने गरी रुलिङ गर्न सभामुखसँग माग गर्नुभयो ।

सांसद लीलानाथ श्रेष्ठले तराइ मधेसमा पानीको अभाव भएकाले खानेपानीको व्यवस्था गर्न माग गर्नुभयो । लम्पी स्किनले तराइ मधेस क्षेत्रमा क्षति भएकाले सरकारले केन्द्रबाट पठाएको सुई लगाउनुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

सांसद पूर्णबहादुर घर्तीमगरले संविधान संशोधनको सात बुँदासहित सरकार गठन भएको एक वर्ष पूरा हुँदा पनि कुन कुन दफा संशोधन गर्न लागिएको हो भन्ने थाहा नपाइएको बताउनुभयो ।

सांसद राजेन्द्रप्रसाद पाण्डेले २१ वर्ष पुरानो सौर्य एयरलाइन्स नेपाल नागरिक उड्डयन प्राधिकरणको अनुमति विना उडाएर गत वर्ष दुर्घटना भएकाले दोषीलाई कारबाही गरी पीडितलाई क्षतिपूर्ति एवं न्याय दिन माग गर्नुभयो ।

सांसद रञ्जुकुमारी झाले मधेस प्रदेशमा खानेपानीको समस्या समाधान गर्न माग गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments