काठमाडौँ/यही साउन १३ गते ३१औँ कार्गो दिवस मनाइने भएको छ । ‘नेपाल फ्रेट फरवार्डस् एशोसिएसन (नेफा)ले उक्त दिवस मनाउन लागेको हो ।
आज यहाँ आयोजित पत्रकारसम्मेलनमा कार्गो दिवस मनाइने घोषणा गरिएको हो । उक्त सम्मेलनमा नेफाका अध्यक्ष राजेन्द्र सङ्ग्रौलाले कार्गो व्यवसायको समृद्धि, व्यावसायिक मान्यता र सरकारी नीतिमा सकारात्मक दवाब सिर्जना गर्न दिवस मनाउन लागिएको जानकारी दिनुभयो ।
सो अवसरमा कार्यक्रम संयोजक तथा नेफा कार्गो दिवस आयोजक समितिका संयोजक नरेशकुमार अग्रवालले दिवसको उद्देश्य सरकारी तथा निजी क्षेत्रबीच सहकार्यको वातावरण बनाउनु रहेको बताउनुभयो । कार्गो दिवसका अवसरमा ‘नेफा वार्षिक अवार्ड–२०२५’ प्रदान गरिनेछ । उत्कृष्ट योगदान दिने कार्गो व्यवसायी तथा संस्थालाई उक्त अवार्ड दिइने छ ।
कार्गो सेवा क्षेत्रको सुदृढीकरण, नीति निर्माणमा समावेशी सहभागिता र अन्तरराष्ट्रिय सहकार्यलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ सङ्घले हरेक वर्ष कार्गो दिवस मनाउँदै आएको छ ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित