राष्ट्रपतिबाट भू-ढकान नक्सा सार्वजनिकीकरण

राष्ट्रपति पौडेलले नक्सा र कागजमा भएजस्तै फिल्डमा पनि जंगल कायम हुनुपर्ने बताउनुभयो । उहाँले वनबाट कमाउने अभियान र वनमासाबाट वन जोगाउन सबै प्रकारका उपाय अवलम्वन गर्नुपर्नेमा जोड दिनुभयो ।

काठमाडौँ / राष्ट्रपति रामचन्द्र पौडेलले नेसनल ल्याण्ड कभर म्याप २०२०– २०२२ ( राष्ट्रिय भू– ढकान नक्शा ) आज राष्ट्रपति भवन शीतलनिवासमा सार्वजनिक गर्नुभएको छ । वन तथा वातावरण मन्त्रालय वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रद्धारा प्रकाशित सो भू क्षेत्र नक्शा केन्द्रका निर्देशक डा राजेन्द्र केसीले राष्ट्रपति पौडेललाई प्रदान गर्नुभएको थियो ।

सो अवसरमा राष्ट्रपति पौडेलले नक्सा र कागजमा भएजस्तै फिल्डमा पनि जंगल कायम हुनुपर्ने बताउनुभयो । उहाँले वनबाट कमाउने अभियान र वनमासाबाट वन जोगाउन सबै प्रकारका उपाय अवलम्वन गर्नुपर्नेमा जोड दिनुभयो ।

सार्वजनिक भएको सो नक्शामा उल्लेख भए अनुसार देशभर जंगलको क्षेत्र ४६ दशमलव शून्य आठ प्रतिशत रहेको छ भने बागमती प्रदेशमा ५८ दशमलव ६२ प्रतिशत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments