एनआरएनए अष्ट्रेलियाको निर्वाचन कार्यतालिका अनुसार गत जुलाई १२ मा मनोनयन दर्ता गराएका खड्का यतिबेला चुनावी प्रचारमा व्यस्त छन्। संघका लागि आफ्नो तर्फबाट अपनाइएको नीति र योजनाबारे छलफल गर्दै हिडेका मन्जिलले मत जुटाउन गरेको मेहनत सार्थक हुने बिश्वास व्यक्त गरेका छन्।
काठमाडौँ / गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको आगामी निर्वाचनमा सिड्नी निवासी मन्जिल खड्कापनि चुनावी मैदानमा उत्रेका छन्।
खड्काले आउदो जुलाई २६ मा हुने निर्वाचनमा अष्ट्रेलियाको न्यु साउथ वेल्सको सचिव पदमा उमेद्वारी दिएका छन्।
एनआरएनए अष्ट्रेलियाको निर्वाचन कार्यतालिका अनुसार गत जुलाई १२ मा मनोनयन दर्ता गराएका खड्का यतिबेला चुनावी प्रचारमा व्यस्त छन्। संघका लागि आफ्नो तर्फबाट अपनाइएको नीति र योजनाबारे छलफल गर्दै हिडेका मन्जिलले मत जुटाउन गरेको मेहनत सार्थक हुने बिश्वास व्यक्त गरेका छन्।
काठमाडौँ डिल्लीबजारका खड्काले हिमालय कलेज अफ इञ्जिनियरिङ्गमा अध्यन गरेका हुन्। उच्च शिक्षाकै लागि सन् २०१८ मा अष्ट्रेलिया पुगेका उनि पढाईसंगै सामाजिक एवं व्यवसायिक गतिबिधिमा क्रियाशील छन्।
नेपालमा रहंदा बिभिन्न कल्याणकारी सेवामा लागेका उनि अष्ट्रेलिया पुगेर पनि शिक्षा तथा रोजगारीमा समस्या भोगिरहेका नेपाली विधार्थीहरुका लागि सहयोग गर्न समन्वय गरिरहेका छन्। नेपाली कला संस्कृति र मौलिक पहिचानको प्रवर्धन गर्दै आएका मन्जिल खड्का युवामाझ लोकप्रिय हुदै गएका छन्।
नेपालीहरु जहाँ जुनसुकै ठाउँमा पुगेपनि गोलबद्द भएर बस्नु पर्ने मान्यता बोकेका उनि पछिल्लो समय नेपाली नेपालीबीचको बेमेल र आन्तरिक कलहले चिन्तित छन्। अध्यन र रोजगारीको सिलसिलामा देश बाहिर रहेका नेपाली अनावश्यक राजनीतिमा रुमल्लिन नहुने धारणा राख्ने उम्मेदवार खड्का गैरआवासीय नेपाली संघको आन्तरिक संगठन मजबुत बनाउने अभियानमा लागेका छन्।
हस्पिटालिटी व्यवसायसंग आवद्द उनी अष्ट्रेलियामामा रहेका नेपाली समुदायको सबैखाले समस्यामा सारथिको रुपमा कार्यरत छन्। उनलाई एकतावाद्द नेपाली समाज र गैरआवासीय नेपालीको हकहितको पक्षमा पैरवी गर्नुछ। नेपाली मौलिक संस्कृति र सामाजिक महत्वको बारेमा विश्वभर पहिचान स्थापित गर्ने धेयसहित एनआरएन अभियानमा आन्दोलित खड्कालाइ एनएसडब्लुको सचिवमा जित्ने पूर्णविश्वास छ।
पछिल्लो समय एनआरएनको अभियानमा गलत र पुरातन प्रबृत्तिका मान्छे हावी हुँदै गएकोमा चिन्ता गर्दै उनले बिसुद्ध नेपालीको मौलिक संस्था बनाउने काममा कुनै कसर बाँकि नराख्ने अठोट गरेका छन्। अबको समय युवाहरुको भएकाले सबैले युवा नेतृत्वमार्फत संघ र समग्र देशलाइनै सकारात्मक सन्देश दिनुपर्ने उनले बताएका छन्।
समाबेशी सहभागिता र पारदर्शी गतिबिधिसहित सबै प्रवासी नेपालीको प्रतिनिधित्व गर्ने संस्थाका रूपमा एनआरएनएलाइ लैजानु पर्ने उद्देश्य बोकेका मनकारी एवं जुझारु युवा मन्जिल खड्का कुनैपनि अवस्थामा नेतृत्वमा स्थापित हुनेगरी अगाडि बढिरहेका छन् ।
सम्बन्धित समाचार :
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित