बंगलादेशमा विमान दुर्घटनामा १९ को मृत्यु र १६४ घाइते, मंगलबार राष्ट्रिय शोकको घोषणा

उक्त जहाजले वायुसेनाको प्रशिक्षणका लागि उडान भरेको थियो ।

काठमाडौ / बंगलादेशमा विद्यालय भवनमा विमान ठोक्किएर भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ । दुर्घटनामा अरु १ सय ६४ जना घाइते भएका छन् ।

वायुसेनाको विमान स्थानीय समयअनुसार सोमबार सोमबार १ बजेर १८ मिनेट जाँदा राजधानी ढाकाको उत्तरा क्षेत्रमा रहेको विद्यालय भवनमा ठोक्किएको हो । बंगलादेशी वायुसेनाको एफ–७ लडाकु विमान दुर्घटनामा परेको बंगलादेशी सञ्चार माध्यमले जनाएका छन् ।

उक्त जहाजले वायुसेनाको प्रशिक्षणका लागि उडान भरेको थियो ।

बंगलादेशको ढाका ट्रिब्युन अनलाइनका अनुसार उक्त विमान माइलस्टोन स्कुल तथा कलेजको भवनमा ठोक्किएको हो । विमान ठोक्किएको भवनमा आगलागी भएको जनाइएको छ ।

प्रत्यक्षदर्शीले विमान एक्कासी भवनमा ठोक्किएको र ठूलो आवाज आएको जानकारी दिएका छन् । घटनापछि विद्यालय परिसरमा विद्यार्थी र शिक्षक कर्मचारीमाझ भागदौड मच्चिएको थियो ।

दुर्घटनासँगै बंगलादेशको अन्तरिम सरकारले भोलि मंगलबारका लागि राष्ट्रिय शोकको घोषणा गरेको छ । शोकका दिन देशभित्र र देशबाहिर रहेका सबै सरकारी, गैरसरकारी तथा स्वायत्त संस्थामा राष्ट्रिय झण्डा आधा झुकाइने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments