दुई वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न नमानेको भन्दै महिलाको हत्या, घटनामा संलग्न युवक पक्राउ

काभ्रेपलाञ्चोक/ प्रेमिकाको हत्या गरेको आरोपमा बनेपामा एक युवक पक्राउ परका छन् ।

मन्थली नगरपालिका वडा नं.१३ का ३७ वर्षिय सन्तोष सुनारमाथि दुई वर्षदेखिको प्रेम सम्बन्धमा रहेकी प्रेमिका ३३ वर्षीय शर्मिला उप्रेतीको हत्या गरेको आरोप छ । प्रहरीका अनुसार, डेटिङका लागि बनेपा-१३ भगवान थुम्की सामुदायिक जंगलमा लगेर हत्यापछि प्रेमिकाको शव फालेको सुनारले बयानमा भनेका छन् ।

उप्रेतीको शव साउन ४ गते सोही जंगलको भिरालोमा चिलाउनेको रुखको फेदमा कोल्टो अवस्थामा फेला परेको थियो ।

सुरुमा पहिचान नखुलेको सो शव इलाका प्रहरी कार्यालयको टोली र धुलिखेल अस्पतालको फरेन्सिक डाक्टर सहितको टोली खटी गई प्रारम्भिक अनुसन्धान गरिएको काभ्रे प्रहरी प्रवक्ता एवं डिएसपी मानबहादुर घलेले जानकारी दिए ।

मृतक महिलाका बाबु कमल बहादुर उप्रेतीले सनाखत गरेको र मृतक मिति २०८२/०३/३२ गते देखी हराएको जानकारी दिएको प्रहरीको भनाई छ ।

आरोपी सन्तोष सुनारलाई साउन ४ गते मध्यराती बनेपा नगरपालिका-१० स्थित लुकीछिपी बसेको अवस्थामा ईट्टाभट्टाबाट पक्राउ गरी काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट दिन-४ (चार) को म्याद थप भई अनुसन्धान भइरहेको पनि डिएसपी घलेले जानकारी दिए ।

पक्राउ परेका सुनारले प्रारम्भिक बयानमा आफ्नो कसुर स्वीकार गरेको प्रहरीले दाबी गरेको छ ।

बयानमा मृतक र सुनार बीच विगत २ वर्ष देखि सम्बनधमा रहेको, मृतकलाई बिबाह गरौं भन्दा आलटाल गरेको र मृतक अर्कैसँग लागेको भनि शंका लागि योजना सहित मारेको उल्लेख छ।

Lahachhap
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments