रोटरीमा नेपालको तर्फबाट पहिलो पल्ट ‘इन्टरनेशनल चेयर फर लिड फेलोशिप’ मा चुनिएका क्लबका पूर्व अध्यक्ष विष्णुहरि दाहाललाई बिशेष सम्मान
काठमाडौँ / रोटरी क्लबद्वारा हरेक वर्ष प्रदान गरिने ‘मातृभूमि हिरो’ अवार्ड यस वर्ष नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक दानबहादुर कार्कीलाइ प्रदान गरिएको छ।
रोटरी क्लब अफ मातृभूमि बालुवाटारद्वारा आयोजित आफ्नो स्थापनाको १० औं वार्षिकोत्सव समारोहमा कार्कीलाइ ‘मातृभूमि हिरो’ अवार्डले सम्मान गरिएको हो।
एआइजी कार्कीलाइ एक समारोहबीच रोटरी क्लबका डिस्ट्रीक गभर्नर बिनोद कोइराला र अध्यक्ष निर्मल ढकालले सम्मानपत्र र दोसल्लाले सम्मान गरेका हुन्। उनलाई नेपाल प्रहरीमा रही समाजमा शान्ति सुरक्षा कायम गर्नका लागि अब्बल भूमिका निर्वाह गरेको भन्दै प्रसंशा स्वरुप सम्मान गरेको क्लबले जनाएको छ।
विधिको शासन र कानुन कार्यान्वयनमा अतुलनिय भूमिका निर्वाहगरि कार्कीले सामाजिक सुव्यवस्था कायम गरेको रोटरी क्लब अफ मातृभूमि बालुवाटारको दावी छ। मातृभूमिले हरेक वर्ष परोपकारी कार्य गरी समाजमा महत्वपूर्ण योगदान पुर्याएका विशिष्ट व्यक्तिलाई हिरो अवार्डद्वारा सम्मान गर्दै आएको छ।
क्लबले उक्त अवसरमा रोटरीमा नेपालको तर्फबाट पहिलोपल्ट इन्टरनेशनल चेयर फर लिड फेलोशिपमा चुनिएका क्लबका पूर्व अध्यक्ष विष्णुहरि दाहाललाइ बिशेष सम्मानसमेत गरेको छ।
यस अवार्डसंगै क्लबले रोशनी महतोलाई बेस्ट इन्टर्याक्टर अफ दि इयर , सुजन घिमिरेलाइ बेष्ट रोटर्याक्टर अफ दि इयर र सुबास सापकोटालाइ बेष्ट रोटरियन अफ दि इयर अवार्डले सम्मान गरेको छ।
दशौँ पदस्थापनमा आयोजित सम्मान कार्यक्रममा रोटरीका पुर्व डिस्ट्रिक्ट गभर्नर एवं पदाधिकारीहरु, सामाजिक एवं व्यावसायिक व्यक्तित्वहरुको उल्लेख्य उपस्थिति रहेको थियो।
क्लबले बिभिन्न रचनात्मक क्रियाकलापसहित आफ्नो स्थापना दिवस मनाएको छ। क्लबले आफ्नो अधिकारिक वेब साइटसहितको एप्लिकेसन (मोबाइल एप) सार्वजनिक गरेको छ। मातृभूमि बालुवाटार र रोटरीबारे सम्पूर्ण तथ्यांक र बिवरणसहितको यो एप नेपाल भुटान डिस्ट्रिकको क्लब मध्यको पहिलो मोबाइल एप हो।
रोटरी क्लब अफ मातृभूमि बालुवाटारको अबको नेतृत्व युवा उद्यमी निर्मल ढकालले गर्ने भएका छन्। डेढ दशकदेखि परोपकारी कार्यमा क्रियाशील ढकालले क्लबको वर्ष २०२५-२६ को नेतृत्व गर्ने हुन्।
क्लबको दशौँ स्थापना दिवस तथा पदस्थापन समारोहमा ढकाल नेतृत्व कार्य समितिलाई शपथ खुवाइएको हो। उनको नेतृत्वको कार्य समितिमा निवर्तमान अध्यक्ष राजु श्रेष्ठ, सचिवमा सुबिद्या खनाल, उपाध्यक्षमा स्वस्तिका त्रिपाठी, कोषाध्यक्षमा सुदर्शन पौडेल रहेका छन् ।
त्यसैगरी वर्ष २०२५-२६ को क्लब एड्मिन चेयरमा सुबास सापकोटा, सर्भिस प्रोजेक्ट चेयरमा रबिन ढकाल, पब्लिक इमेज चेयरमा शुभराज तिमल्सिना, टिआरएफ चेयरमा मेकबहादुर लामा, मेम्बरशिप चेयरमा सजनी केसी, फेलोशिप चेयरमा केशबप्रसाद दाहाल र युथ चेयरमा कल्पना तिमल्सिना रहेका छन्।
क्लबको सल्लाहकारमा संस्थापक अध्यक्ष निगम हुमागाईंसहित पूर्वअध्यक्षहरु बिनोद अधिकारी, विष्णुहरि दाहाल र बाबुराम आचार्य रहेका छन्।
पद स्वीकार्य मन्तव्य राख्दै अध्यक्ष ढकालले आफुले देश विदेशमा सिकेको ज्ञान र सीपमार्फत क्लबका सदस्यलाई आयआर्जन र क्षमतावृद्धिका गतिबिधिमा सक्रिय गराउँदै आफु सदैव मानवीय सेवामा समय खर्चिने बताए।
तस्विरमा दशौँ स्थापना दिवस तथा पदस्थापन समारोह:
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित