काठमाडौँ / नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले जलवायु परिवर्तनका कारण सबैभन्दा बढी असर नेपालका आदिवासी तथा जनजाति समुदायले भोग्नुपर्ने अवस्था सिर्जना भएको बताए ।
शुक्रवार लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको स्थापना दिवसको अवसरमा पार्टी कार्यालय सानेपामा आयोजित कार्यक्रममा बोल्दै महामन्त्री थापाले जलवायु संकटसँग प्रत्यक्ष रूपमा प्रभावित हुने वर्गको रुपमा आदिवासी जनजाति समुदाय रहेको बताएका हुन् ।
उनले जलवायु परिवर्तनको असर न्यूनिकरण लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको प्रमुखम मुद्दा हुनुपर्ने तर्क राखे ।
थापाले भने, ‘नेपाल अहिले जलवायु परिवर्तनको सन्दर्भमा आएको जुन संकट छ । यो संकटको सबैभन्दा बढी मार कसैले खान्छ भने नेपालको खासगरी आदिवासी, जनजाति समूदायले मार खेप्ने अवस्था हुन्छ । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको मुद्दा जलवायुसम्बन्धी हुनुपर्छ ।
जलवायु परिवर्तन, पर्यावरण संरक्षणका मुद्दाहरुलाई महासंघले आन्दोलनको रुपमा अगाडि बढाउनुपर्नेमा उनको जोड छ । थापाले समावेशीता, समानुपातिकता र अल्पसंख्यक समुदायका नदेखिएका समस्याको पहिचान र सम्बोधनमा केन्द्रित हुन महासंघलाई आग्रह समेत गरे । -न्युज एजेन्सी नेपाल
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित