विधान महाधिवेशन तयारीका क्रममा एमाले सचिवालय बैठक बस्दै

एमाले कार्यालय सचिव डा भीष्म अधिकारीले दिउँसो १ बजे बस्ने बैठकमा पार्टीको दोस्रो विधान महाधिवेशनबारे छलफल हुने जानकारी दिनुभयो ।

काठमाडौँ / नेपाल कम्प्युनिस्ट पार्टी (एमाले)को सचिवालय बैठक आज पार्टी मुख्यालय, च्यासलमा बस्दैछ ।

एमाले कार्यालय सचिव डा भीष्म अधिकारीले दिउँसो १ बजे बस्ने बैठकमा पार्टीको दोस्रो विधान महाधिवेशनबारे छलफल हुने जानकारी दिनुभयो । पार्टीको विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरी गर्नेगरी एमालेले आवश्यक तयारी गरिरहेको छ ।

यस्तै सोही विधान महाधिवेशन तयारीका लागि यही साउन २ गते एमालेको पोलिटब्युरो र साउन ५ गते केन्द्रीय कमिटी बैठक बस्ने भएको छ । आज बस्ने एमाले सचिवालय बैठकले पोलिटव्युरो र केन्द्रीय कमिटी बैठकका कार्यसूचि तय गर्ने कार्यालय सचिव डा अधिकारीले बताउनुभयो ।


यसअघि गत असार ११ गते एमालेको ५३औँ सचिवालय बैठक बसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments