गैरआवासीय नेपाली संघलाइ अझ शसक्त बनाएर लैजाने प्रण गरेका केसीले संघमा बसेर व्यक्ति केन्द्रित राजनीति र नाफा कमाउने उद्देश्यले आफु चुनावी मैदानमा नहोमिएको भन्दै गैरआवासीय नेपालीको हकहित र प्रबर्धनमा क्रियाशील हुने बताएका छन्।
काठमाडौँ / गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको आगामी निर्वाचनमा युवा व्यवसायी गणेश केसी चुनावी मैदानमा उत्रेका छन्।
केसीले अष्ट्रेलियाको एनएसडब्लु राज्यको उपसंयोजकमा उमेद्वारी दिएका छन्।
सन् २०१५ देखि अष्ट्रेलियामा बस्दै आएका गणेश केसी नेपाल हुँदादेखिनै सामाजिक गतिबिधिमा क्रियाशील युवा अभियन्ता हुन्। बिगत १० वर्षदेखि नेपाल र अष्ट्रेलियामा विभिन्न खेलकुद र परोपकारी कार्यहरूमा उल्लेखनीय योगदान पुर्याएका उनि व्यवसायिक कामसंगै नेपाली समुदायमा आइपरेका हरेकखाले समस्यामा सहजीकरण गर्दै आइरहेका छन्।
२०७२ सालको विनाशकारी भूकम्पको समयमा तत्काल उद्दार र राहतसहित भुकम्प पिडितका लागि पुनर्वासको व्यवस्थापनमा जुटेका केसीले व्यक्तिगत एवं संस्थागत हिसाबले प्रभावितका लागि सहयोग उपलब्ध गराएका थिए। उनि अष्ट्रेलियामा पनि नेपाली कला र संस्कृतिको जगेर्ना गर्ने र नेपाली मौलिकतालाइ प्रवर्द्धन गर्दै आइरहेका छन्।
सन् २०१५ को जुलाई महिनामा अष्ट्रेलिया पुगेका उनले नेपाली विद्यार्थीहरूलाई रोजगारी, आवास, आर्थिक सहायता लगायतका कल्याणकारी कार्यहरु गर्दै आएको उनि निकट शुभेच्छुकहरुले बताएका छन्।
गैरआवासीय नेपाली संघ (एनअरएनए) नयाँ साउथ वेल्स राज्य समन्वय परिषद (एनएसडब्लु) को उपसंयोजक पदमा परेको उनको उम्मेदवारी विगत एक दशकदेखिको सामाजिक योगदान र समुदायप्रतिको सेवाभावमा आधारित हो, भनिएको छ।
३९ वर्षीय गणेश केसी अष्ट्रेलियाको नयाँ साउथ वेल्स राज्यमा नेपाली समुदायमाझ उदयीमान युवा हुन् भने पछिल्लो समय उनि अष्ट्रेलियामा लोकप्रिय बन्दै आएका छन्।
गैरआवासीय नेपाली संघलाइ अझ शसक्त बनाएर लैजाने प्रण गरेका केसीले संघमा बसेर व्यक्ति केन्द्रित राजनीति र नाफा कमाउने उद्देश्यले आफु चुनावी मैदानमा नहोमिएको भन्दै गैरआवासीय नेपालीको हकहित र प्रबर्धनमा क्रियाशील हुने बताएका छन्।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित