वि.पि. राजमार्ग फेरी अवरुद्ध

काभ्रेपलान्चोक। बिपी राजमार्ग अन्तर्गत रोशी क्षेत्रमा सडक अवरुद्द भएको छ।

गतराती देखि परेको अबिरल बर्षाको कारण आएको लेदो र पहिरोले रोशी गाउँपालिकाको माम्ती, पिन्थली र बिरुवाडाँडा स्थित सडक अवरुद्द भएको जिल्ला प्रहरी कार्यालय कभ्रेपल्न्चोकले जनाएको छ।


कार्यालयका अनुसार इलाका प्रहरी कार्यालय मंगलटारबाट खटिएका प्रहरीको नेतृत्वमा रातिदेखिनै पहिरो पन्छाउने काम भैरहेको छ।

तिनै स्थानका लेदो र पहिरो हटाइ दुइतर्फी सडक खुलाउने प्रयास भैरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी मिनबहादुर घलेले जानकारी दिनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments