त्यस अवसरमा मन्त्री पौडेलले शिक्षण अस्पतालप्रति नागरिकको भरोसा बढ्दै गएको बताउनुभयो ।
काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालको विस्तारित १५ शय्याको आकष्मिक ‘वार्ड’ र आधुनिक ‘थ्री टेस्ला एमआरआई’ सेवाको आज यहाँ आयोजित एक कार्यक्रममा शुभारम्भ गर्नुभएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट प्राप्त रु २० करोडको लागतमा सेवा सञ्चालनको प्रबन्ध भएको हो । त्यस अवसरमा मन्त्री पौडेलले शिक्षण अस्पतालप्रति नागरिकको भरोसा बढ्दै गएको बताउनुभयो । अस्पतालमा थपिएको सेवाले धेरै नागरिकलाई सुलभ ढङ्गले सेवा प्राप्त हुने भन्दै अस्पतालको सेवा विस्तार र आधुनिकीकरणमा मन्त्रालयले साथ दिने बताउनुभयो ।
“एकै बेडमा दुई जनासम्म भर्ना गर्नु परेपछि अस्पतालले शय्या थप गरेर इमर्जेन्सी ग्रीन एरियामा १५ शय्या पुर्याएको हौँ”, उहाँले भन्नुभयो ।
अस्पतालका निर्देशक प्रा डा सुभाष आचार्यले एमआरआई सुविधा अस्पतालमा उपलब्ध भएकाले अब उहाँहरूलाई महँगो शुल्क तिरेर बाहिर जानुपर्ने बाध्यताबाट मुक्ति मिलेको बताउनुभयो ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित