काभ्रेबाट एस.ई.ईमा उत्कृष्टलाइ नेविसंघले गर्यो सम्मान

नेविसंघले जिल्लामा सर्वोत्कृष्ट नतिजा (४ सिजिपिए) ल्याउने साँगास्थित ग्रेसल्याण्ड माध्यमिक विद्यालयका प्रकृति दुलाल, विकटेश्वर इङलिस स्कुलका जिया खत्री र विद्यालयलाई सम्मान गरेको हो । नेविसंघ काभ्रेका अध्यक्ष अन्जनराज खतिवडाका अनुसार सर्वोत्कृष्ट नत्तिजासहित काभ्रेबाट एस.ई.ई उतिर्ण १ हजार ३ सय बिधार्थी सम्मानित भएका छन्।

काभ्रेपलान्चोक। माध्यमिक शिक्षा परिक्षा ( एस.ई.ई) २०८१ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नेपाल विद्यार्थी संघ (ने.वि.संघ) काभ्रेपलाञ्चोकले सम्मान गरेको छ ।

शुक्रवार बनेपामा कार्यक्रम गरेर ने.वि.संघ काभ्रेले उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरेको हो ।

पूर्व अर्थमन्त्री रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की, केन्द्रीय सदस्य शिवप्रसाद हुमागाई, मधुप्रसाद आचार्य, गणेश लामा, बाग्मती प्रदेश समितिका महामन्त्री कञ्चनचन्द्र बादे, नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामा, नेपाल विद्यार्थी संघका सभापति दुजाङ शेर्पा लागतयले उनीहरुलाई सम्मानपत्र प्रदान गरेका थिए ।

नेविसंघले जिल्लामा सर्वोत्कृष्ट नतिजा (४ सिजिपिए) ल्याउने साँगास्थित ग्रेसल्याण्ड माध्यमिक विद्यालयका प्रकृति दुलाल, विकटेश्वर इङलिस स्कुलका जिया खत्री र विद्यालयलाई सम्मान गरेको हो । नेविसंघ काभ्रेका अध्यक्ष अन्जनराज खतिवडाका अनुसार सर्वोत्कृष्ट नत्तिजासहित काभ्रेबाट एस.ई.ई उतिर्ण १ हजार ३ सय बिधार्थी सम्मानित भएका छन्।

सामुदायिकतर्फ उत्कृष्ट ३ दशमलव ९१ सिजिपिए ल्याउने चण्डेश्वरी सृष्टीकान्त माध्यमिक विद्यालय, नालाका गरिमा अधिकारी, प्राविधिक धारतर्फ उत्कृष्ट ३ दशमलव ६९ सिजिपिए ल्याउने जनक माध्यमिक विद्यालय, भकुण्डेवेशीका सदिक्षा मैनाली, सस्कृततर्फ उत्कृष्ट ३ दशमलव ०९ सिजिपिए ल्याउने नैनिशारण्य सस्कृत गुरुकुलका समिर पराजुलीलाई सम्मान गरियो । भक्तपुरबाट एस.ई.ई मा सहभागी भएर सर्वोत्कृष्ट नतिजा (४ सिजिपिए) ल्याउने काभ्रेको सुप्रिया मोक्तानलाई पनि कार्यक्रममा सम्मान गरियो ।

कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य कार्कीले विश्वबजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति तयार गर्नुपर्ने भन्दै उत्तीर्ण विद्यार्थीलाई उज्वल भविष्यको कामना गरे ।

कार्यक्रममा केन्द्रीय सदस्य शिवप्रसाद हुमागाई, मधुप्रसाद आचार्य, गणेश लामा, कांग्रेस नेता इन्द्रमणि अधिकारी, बाग्मती प्रदेश समितिका महामन्त्री कञ्चनचन्द्र बादे, नेपाली कांग्रेस काभ्रेका सभापति तीर्थ लामा, नेपाल विद्यार्थी संघका सभापति दुजाङ शेर्पा, नेपाली कांग्रेस काभ्रेका सचिव रहेका नेपाल विद्यार्थी संघ काभ्रेका पुर्व सभापति माधव ढकाल, सचिव गुणराज मोक्तान, प्रतिनिधी सभा क्षेत्र नं १ का सभापति दिनेश लामा, प्रदेश सभा क्षेत्र नं २ (क) का सभापति हेम लामा, महासमिति सदस्य दावा लामा, नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय रहेका बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारी, केन्द्रीय सदस्यहरु आदर्श मल्ल, भुवन भट्ट, सहदेव तिमल्सिना, प्रतिक महत, लगायतले उच्च शिक्षाका अवसर र चुनौतीबारे चर्चा गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments