क्याप्टेन थापाको जीवनीमा चलचित्र ‘क्याप्टेन साब’ निर्माण हुँदै

आगामी भदौको पहिलो सातादेखि छायाँकार कृष्णबहादुर थापाले काठमाडौँ, चितवन र काभ्रेका विभिन्न स्थानमा उक्त चलचित्रको छायाङ्कन गर्नुहुने छ ।

काठमाडौँ। क्याप्टेन रामेश्वर थापाद्वारा लिखित अङ्ग्रेजी पुस्तक ‘इन्टु द फायर’ मा आधारित चलचित्र ‘क्याप्टेन साब’ निर्माण हुने भएको छ ।

आज यहाँ आयोजित एक कार्यक्रमबीच सो चलचित्र निर्माण गर्न लागिएको निर्देशक दीपेन्द्रकुमार खनालले जानकारी दिनुभयो । क्याप्टेन थापाको जीवनीको उतारचढावलाई चलचित्रकै शैलीमा प्रस्तुत गरिने निर्देशक खनालको भनाइ छ । उहाँले भन्नुभयो, “नियमित बनिरहेका भन्दा फरक शैलीको चलचित्र दर्शकमाझ ल्याउने कोसिस गर्दैछौँ । आकाशमा भोग्ने चुनौती, यात्राको भोगाइ र व्यावसायिक जीवनलाई समेटेर चलचित्रलाई रोचक बनाउने प्रयास रहनेछ ।”

उक्त चलचित्रमा खगेन्द्र लामिछाने, सुरक्षा पन्त, सञ्जोग रसाइलीलगायतका कलाकारको अभिनय रहने निर्देशक खनालले जानकारी दिनुभयो । आगामी भदौको पहिलो सातादेखि छायाँकार कृष्णबहादुर थापाले काठमाडौँ, चितवन र काभ्रेका विभिन्न स्थानमा उक्त चलचित्रको छायाङ्कन गर्नुहुने छ ।

द्वन्द्वकालमा नेपाली सेनाको एमआई–१७ हेलिकप्टरका प्रथम ‘इन्स्ट्रक्टर’ क्याप्टेन थापाको युद्धस्थलका उद्धार, भोगाइ एवं अनुभूतिमा अङ्ग्रेजी पुस्तक ‘इन्टु द फायर’ प्रकाशित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments