नेपाली जनप्रगतिशिल मञ्च नर्वेको अध्यक्षमा चापागाईँ

मङ्गलबार राजधानी ओस्लोमा सम्पन्न पाँचौ अधिवेशनबाट उपाध्यक्षमा सुभाष पुन र लक्ष्मण अर्याल, सचिवमा अमृत परियार र कोषाध्यक्षमा डा. सञ्जय अर्याल चयन हुनुभएको छ ।

काठमाडौँ। नेपाली जनप्रगतिशिल मञ्च नर्वेको अध्यक्षमा डिलाराम चापागाईँ निर्वाचित हुनुभएको छ । मङ्गलबार राजधानी ओस्लोमा सम्पन्न पाँचौ अधिवेशनबाट उपाध्यक्षमा सुभाष पुन र लक्ष्मण अर्याल, सचिवमा अमृत परियार र कोषाध्यक्षमा डा. सञ्जय अर्याल चयन हुनुभएको छ ।

कार्यसमिति सदस्यहरूमा सुमन लामा, मिना पाण्डे तिमल्सिना, महेन्द्र थापा, अमरराज पन्त, सुभाष तिमल्सिना र सुरेन्द्र केसी चयन हुनुभएको छ ।

कार्यक्रमका प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका पश्चिम अन्तर महादेशिय प्रदेश संयोजक उदयराज गौतमले गैरआवासीय नेपालीहरूको मुद्दाका विषयमा सबै प्रवासी नेपाली एकताबद्व भएर अघि बढ्नुपर्ने बताउनुभयो ।

गैर आवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद नर्वेका अध्यक्ष विष्णु गौतमले नागरिकता सम्बन्धी ऐनमा संविधानले प्रदत्त गरेका हक अधिकार सुनिश्चतता हुनुपर्नेमा जोड दिनुभयो ।

जनप्रगतिशिल मञ्च युरोपका पूर्व अध्यक्ष डा. कृष्ण अर्यालले देशका तमाम विकृति विसंगति तथा भ्रष्टाचारको अन्त्य हुनुपर्ने र युवाहरूलाई स्वदेशमा नै रोजगारी सिर्जना हुनुपर्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments