बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आजदेखि कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी मन्त्री श्रेष्ठलाई दिनुभएको हो ।
बागमती। बागमती प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी कृषि तथा पशुपंक्षी विकास मन्त्री प्रकाश श्रेष्ठलाई दिईएको छ ।
बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आजदेखि कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी मन्त्री श्रेष्ठलाई दिनुभएको हो ।
मुख्यमन्त्री बहादुर सिंह लामा (तामाङ) व्यक्तिगत कामको सिलसिलामा देश बाहिर जाने भएकाले मुख्यमत्री लामा फर्कि नआएसम्मका लागि कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी मन्त्री श्रेष्ठलाई दिईएको प्रदेश प्रमुख देवकोटाले जानकारी दिनुभयो ।
मुख्यमन्त्री लामा व्यक्तिगत कामको सिलसिलमा आजै बेलायत प्रस्थान गर्नुहुने उहाँको स्वकिय सचिव राजेन्द्र काफ्लेले जानकारी दिनुभयो ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित