यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ पूर्वप्रधानन्यायाधीश श्रेष्ठलाई

यही असार २६ गते आयोजना गरिने विशेष समारोहमा सो पुरस्कार समर्पण गरिने सङ्घका अध्यक्ष मधुरमण आर्चायले जानकारी दिनुभयो । सो पुरस्कारको राशि रु दुई लाख रहेको छ ।

काठमाडौँ। नेपाल जनप्रशासन सङ्घले यसवर्षको ‘हेमबहादुर मल्ल सम्मान’ पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई प्रदान गर्ने भएको छ । न्यायिक नेतृत्व र संस्थागत विकासमा पुर्‍याउनुभएको योगादनस्वरूप श्रेष्ठलाई सो पुरस्कार प्रदान गर्न लागिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

यही असार २६ गते आयोजना गरिने विशेष समारोहमा सो पुरस्कार समर्पण गरिने सङ्घका अध्यक्ष मधुरमण आर्चायले जानकारी दिनुभयो । सो पुरस्कारको राशि रु दुई लाख रहेको छ । कानुन र राजनीतिशास्त्रमा औपचारिक शिक्षा प्राप्त गरी जिल्ला, पुनरावेदन र सर्वोच्च अदालतको न्यायाधीश हुँदै श्रेष्ठ मुलुकको २५औँ प्रधानन्यायाधीश बन्नुभएको थियो ।

सङ्क्रमणकालीन न्याय, समावेशी लोकतन्त्र र वातावरण समन्यायका सवालमा श्रेष्ठका विचार, अडान र फैसलाको ऐतिहासिक भूमिकालगायतको विशिष्ट योगदानको कदरस्वरूप उहाँलाई यो सम्मान प्रदान गर्ने निर्णय गरिएको अध्यक्ष आचार्यले जानकारी दिनुभयो ।

लोक सेवा आयोगका पूर्वअध्यक्ष उमेश मैनालीको संयोजकत्वमा गठित सम्मान छनोट समितिले उक्त उहाँको नाम सिफारिस गरेको हो । छनोट समितिमा सङ्घका अध्यक्ष मधुरमण आचार्य, साल्ट ट्रेडिङ कर्पोरेशनका अध्यक्ष प्रदीपलाल श्रेष्ठ, प्राध्यापक यशोदा काफ्ले र पूर्वसहसचिव जीवराज कोइराला सदस्य तथा सङ्घका निवर्तमान अध्यक्ष कृष्णहरि बाँस्कोटा आमन्त्रित सदस्य रहनुभएको थियो ।

ख्यातीप्राप्त प्रशासक एवं व्यवस्थापक मल्लले साल्ट ट्रेडिङ कर्पोरेशनको नेतृत्व तहमा रही सार्वजिक वितरण, सेवा र व्यवस्थापनमा दिनुभएको योगदनाको कदर गर्दै २०७५ सालमा सो सम्मान स्थापना गरिएको हो ।

सङ्घले सार्वजनिक प्रशासन, व्यस्थापन र सार्वजनिक सेवामा उत्कृष्ट योगदान पुर्‍याउनु हुने व्यक्ति वा संस्थालाई बर्सेनि हेमबहादुर मल्ल सम्मान प्रदान गर्दै आएको छ । सो सम्मानबाट यसअघि केदारभक्त माथेमा, चाँदनी जोशी, डा भगवान कोइराला, महावीर पुन, अम्बिका श्रेष्ठ, भोजराज पोखरेल, कुलमान घिसिङ, डा सन्दुक रुइत, डा गौरीशङ्कर लाल दास र डा भेषबहादुर थापा सम्मानित भइसक्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments