नगरको १७ औं नगरसभाको अवसरमा ‘पाँचखाल नगर, कृषि शहर’ को नारा सहित काभ्रेकै प्रसिद्ध मन्दिर पलाञ्चोक भगवती र कृषि क्षेत्र धेरै भएकोले सोहि अनुसार झल्कने लोगो सार्वजनिक भएको हो ।
काभ्रेपलान्चोक। पाँचखाल नगरपालिकाले आफ्नो नारा र नगर झल्कने लोगो सार्वजनिक गरेको छ ।
नगरको १७ औं नगरसभाको अवसरमा ‘पाँचखाल नगर, कृषि शहर’ को नारा सहित काभ्रेकै प्रसिद्ध मन्दिर पलाञ्चोक भगवती र कृषि क्षेत्र धेरै भएकोले सोहि अनुसार झल्कने लोगो सार्वजनिक भएको हो ।
नगरसभामा पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेल, उपप्रमुख सुर्यमाया दनुवार र प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम सापकोटाले सयुक्त रुपमा लोगो सार्वजनिक गरेका थिए ।
नगरपालिकाको उत्कृष्ट लोगो बनाउने चाँगुनारायण नगरपालिका वडा नं ५ स्थाई ठेगाना भएका मनोज कुमार सुवाललाई नगद २० हजार पुरस्कार सहित सम्मान गरिएको थियो ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित