एक महिनाभर बिपी राजमार्ग राती बन्द कायमै रहने

उक्त निर्णय अनुसार २०८२ असार २२ गते साँझ ६:३० देखि बिहान ५ बजेसम्म एक महिनाका लागि सवारी नचलाउन जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकले सूचना जारी गरेको छ।

काभ्रेपलान्चोक। धुलिखेलबाट बिपी राजमार्गहुँदै सिन्धुलीतर्फ जाने सवारी साधन एक महिनाको लागि राति गुड्न नपाउने भएका छन्।

जिल्ला सुरक्षा समिति काभ्रेपलान्चोकको सुरक्षा बैठकले बिपी राजमार्गको काभ्रेभन्ज्याङ- भकुन्डेबेशीहुँदै सिन्धुली जाने निजि तथा सार्वजनिक सवारी साधनको आवतजावत निषेध गर्ने निर्णय गरेको छ। उक्त निर्णय अनुसार २०८२ असार २२ गते साँझ ६:३० देखि बिहान ५ बजेसम्म एक महिनाका लागि सवारी नचलाउन जिल्ला प्रशासन कार्यालय काभ्रेपलान्चोकले सूचना जारी गरेको छ।

यसअघि असार २० गतेसम्म राती गाडी चल्न रोक लगाइएकोमा असार १८ गतेको बैठकले थप ३० दिन सवारी रोक लगाउने समय थप गरेको जिल्ला प्रशासन कार्यालय काभ्रेले जनाएको छ।

Lahachhap
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments