लोकतन्त्रप्रति सकारात्मक सन्देश प्रवाह गर्न पूर्वसांसदको भूमिका महत्त्वपूर्ण हुन्छ : सभामुख घिमिरे

दश वर्षदेखि रोकिएर बसेको सङ्घीय निजामती विधेयक र सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन अघि बढेको उल्लेख गर्नुहुदै उहाँले यसलाई चालु अधिवेशनले नै टुङ्गोमा पुर्याउने विश्वास व्यक्त गर्नुभयो ।

काठमाडौँ। सभामुख देवराज घिमिरेले लोकतन्त्रप्रति जनतामा सकारात्मक सन्देश प्रवाह गर्न पूर्वसांसदको भूमिका महत्त्वपूर्ण हुने बताउनुभएको छ ।

पूर्वसांसद मञ्चले ६७औँ संसद् दिवसका अवसरमा आज यहाँ आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले अहिले लोकतन्त्रप्रति जनतामा विकर्षण बढाउन खोजिएकामा यसविरुद्ध पूर्वसांसदहरूको योगदान महत्त्वपूर्ण हुने बताउनुभयो ।

संसदीय लोकतान्त्रिक व्यवस्थामाथि चुनौती ल्याउन खोजिएकाले पूर्वसांसदलगायत सबै लोकतन्त्रवादी सचेत हुनुपर्नेमा उहाँले जोड दिनुभयो । संसद्लाई प्रभावकारी बनाउने विषयमा छलफल गर्न ‘थिङ्क ट्याङ्क’को उहाँले आवश्यकता औंल्याउनुभयो ।

दश वर्षदेखि रोकिएर बसेको सङ्घीय निजामती विधेयक र सङ्क्रमणकालीन न्यायसम्बन्धी कानुन अघि बढेको उल्लेख गर्नुहुदै उहाँले यसलाई चालु अधिवेशनले नै टुङ्गोमा पुर्याउने विश्वास व्यक्त गर्नुभयो । तीन महिनाअघि देखि नै बजेटका सिद्धान्त र प्राथमिकतामा विषयमा छलफल चलाउने गत वर्षदेखिको अभ्यास प्रभावकारी हुन नसकेको उहाँको भनाइ थियो ।

संसद्ले प्रत्येक वर्ष आर्थिक विधेयक पारित गर्ने गरेको उल्लेख गर्नुहुँदै सभामुख घिमिरेले यस्तो प्रक्रियाका बारेमा पनि बहस हुनुपर्ने बताउनुभयो । वर्षे अधिवेशनको धेरै समय आर्थिक विधेयकमै केन्द्रित हुने गरेकाले यस किसिमको छलफल आवश्यक हो वा होइन भन्नेमा यस्ता मञ्चमा छलफल गरेर निष्कर्षमा पुग्नुपर्ने भनाइ पनि उहाँको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments