बागमती प्रदेशसभाको बैठक स्थगित

सभामुख भुवनकुमार पाठकले सत्तापक्ष र प्रतिपक्षसँगको सहमतिअनुसार असार १९ गते बिहीबार दिनको ११ बजे बस्नेगरी बैठक आह्वान र सोहीअनुसार सबै सदस्यलाई सूचना गरिएको बताउनुभयो ।

मकवानपुर। बागमती प्रदेशसभाको आजका लागि बोलाएको बैठक स्थगित भएको छ । अपराह्न १ बजे बस्ने भनिएको बैठक आज अबेरसम्म पनि बस्न नसकेपछि विशेष कारण देखाउँदै सूचना टाँसेर स्थगित गरिएको हो । अब यही असार १९ गते दिनको ११ बजे बैठक बस्ने प्रदेशसभा सचिव रामकुमार पौडेलले जानकारी दिनुभयो ।

सभामुख भुवनकुमार पाठकले सत्तापक्ष र प्रतिपक्षसँगको सहमतिअनुसार असार १९ गते बिहीबार दिनको ११ बजे बस्नेगरी बैठक आह्वान र सोहीअनुसार सबै सदस्यलाई सूचना गरिएको बताउनुभयो ।

गत असार १ गते प्रदेशसभाको बैठकमा प्रस्तुत आव २०८२/०८३ को बजेट निष्पक्ष र पारदर्शी नभएको, व्यक्तिमुखी भएको भनि सत्तापक्ष दलका केही सदस्य र प्रतिपक्ष दलका सदस्यको प्रतिरोध गरिहेका छन् । सोही कारण आजको बैठक स्थगित हुनपुगेको राप्रपा संसदीय दलका नेता उद्धव थापा र माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक रत्नप्रसाद ढकालले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित

प्रतिक्रिया
guest
0 Comments
Oldest
Newest
Inline Feedbacks
View all comments