पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य नानु बाँस्तोला प्रमुख रहनुभएको उक्त विभागमा आज १० सदस्य मनोनयन गर्नुभएको हो ।
काठमाडौँ। नेपाली कांग्रेसले पार्टीको जिल्ला सम्पर्क समिति समन्वय विभागमा दश सदस्य थप गरेको छ ।
पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य नानु बाँस्तोला प्रमुख रहनुभएको उक्त विभागमा आज १० सदस्य मनोनयन गर्नुभएको हो ।
सभापति देउवाले विमला नेपाली (दाङ), दीपक उप्रेती (झापा), जीतबहादुर घिमिरे (काठमाडौँ), रामेश्वर पौडेल (भक्तपुर), किरण पोखरेल (अर्घाखाँची), बद्री ढकाल (कैलाली), कमल काफ्ले (स्याङ्जा), रामप्रसाद ढकाल (धादिङ), छिरिङ लामा (मुगु) र निशा पाण्डे (काठमाडौँ)लाई मनोनयन गर्नुभएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित