ल्याब हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं नमोबुद्ध नगरपालिकाका प्रमुख कुन्साङ लामाले ‘आधुनिक शिक्षामा आकर्षित बिधार्थीलाइ यस्ता प्रबिधियुक्त सहयोगले ठुलो टेवा पुग्ने’ बताए
काभ्रेपलान्चोक। नेपाल टेलिकमले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत काभ्रेपलाञ्चोकको जनक माध्यमिक विद्यालयलाई आइसीटी ल्याव हस्तान्तरण गरेको छ ।
भकुन्डेबेशीमा रहेको उक्त बिद्यालयलाइ मंगलबार उपलब्ध गराइएको उक्त ल्यावमा १२ वटा अत्याधुनिक कम्प्युटर, द्रुत गतिको ईन्टरनेट, एउटा प्रिन्टर र १२ युपिएस रहेका छन् । नेपाल टेलिकमले सञ्चार सेवाको विकास र बिस्तारसंगै सामाजिक उत्तरदायित्वका विविध कार्यहरु निरन्तर गर्दैरहेको छ ।
एघार सय ७६ बिधार्थी रहेको जनक माविले सूचना प्रविधिको प्रयोगबाट अझै प्रभावकारी ढंगबाट गुणस्तरिय शिक्षा प्रदान गर्न सकोस् भन्ने उद्देश्यले सहयोग गरेको नेपाल टेलिकमले जनाएको छ।
ल्याब हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं नमोबुद्ध नगरपालिकाका प्रमुख कुन्साङ लामाले ‘आधुनिक शिक्षामा आकर्षित बिधार्थीलाइ यस्ता प्रबिधियुक्त सहयोगले ठुलो टेवा पुग्ने’ बताए।
विद्यालयका सहायक प्रधानाध्यापक प्रकाश सत्यालको सभापतित्वमा भएको कार्यक्रममा नेपाल टेलिकम बनेपाका कार्यालय प्रमुख जगदिश लेखकसहित नेपाल टेलिकमका केन्द्रिय कार्यालयका वरिष्ठ प्रशासकिय अधिकृत मोहनपूर्ण सत्याल, व्यापार अधिकृत कृष्ण पौडेल, दूर सञ्चार कार्यालय बनेपाका प्रविधिक अधिकृतहरु पुष्कर कुंवर, यादब अधिकारी एवं विद्यालयका शिक्षक, विद्यार्थी एवं अभिभावकहरुको सहभागिता रहेको थियो।
खुसी
दुःखी
अचम्मित
उत्साहित
आक्रोशित